सैघाली खबर
दाङ,११ चैत
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे सहितको टोलीले बैककमा भेटघाट शुरु गरेको छ । शनिबार एसियन ईनिष्टिच्यूट अफ टेक्नोलोजी अन्तरगत वातावरण बिभागका राजेन्द्र प्रशाद श्रेष्ठसंग भेटघाट भएको प्रेस सल्लाहकार बसन्त विवस आचार्यले बताए ।
श्रेष्ठसंग उपमहानगरलाई कसरी वातावरण मैत्री बनाउन् सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । त्यस अबशरमा श्रेष्ठले वातावरण मैत्री उपमहानगर बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उपमहानगरको टोलीले पिएचडीका लागि गरिने अनुसन्धानको केन्द्र तुलसीपुर बनाउन पहल गर्ने , आधुनिक पुस्तकालय, प्रयोगशालालगायत ब्यबस्थापन गर्ने बिषयमा अनुसन्धान गरिरहेको प्रेस सल्लाहकार आचार्यले बताए ।
टोलीमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावत, तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष नबराज लामिछाने, ७ का अध्यक्ष टोप बहादुर केसी, प्रेस सल्लाहकार बसन्त विवस आचायलगायत रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।