काठमाडौं
प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्दै माओवादी केन्द्रको शनिबार बसेको पूर्व हेडक्वार्टर बैठक सकिएको छ । यसअघि इन्चार्ज रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको छ ।
। प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का वर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्री बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र ७ का इन्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत रहेको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ– प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई भने कारबाही गरिएपछि पद रिक्त थियो ।
क कस्को जिम्मेवारी कहाँ कहाँ ?
बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी राम कार्कीलाई दिएको छ भने २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश ३ मा शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।