कांग्रेस नेता खड्काको स्वास्थ्यमा अझै सुधार आएन



काठमाडौं, ११ चैत

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइ रहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्यमा सुधार हुन सकेको छैन । खड्काको लिभर(कलेजो)ले काम गर्न नसकेको चिकित्सक र आफन्तहरूलाई उदृत गर्दै नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए । खड्काको स्वास्थ्य अवस्था बुझ्न जिल्ला सदस्य महर्जन सहितका युवा नेताहरू दुई दिन अगाडि नयाँदिल्ली पुगेका थिए ।

सदस्य महर्जनले भने, ‘उहाँलाई कसैसँग भेट्न दिएको छैन र लिभरले काम गरेको पनि छैन । खड्कालाई छातीबाट पाइप लगाएर खाना खुवाइएको छ ।’

मृर्गौला प्रत्यारोपणपछि अस्वस्थ्य हुँदै आएका नेता खड्कालाई एक महिना अगाडि उपचारका लागि नयाँदिल्ली लगिएको थियो ।
खड्कालाई कांग्रेका नेता डा शशांक कोइराला, देवन्द्रराज कँडेल, ललितपुर जिल्लाका सदस्य मीनकृष्ण महर्जन, तरुण दलका नेता महेश श्रेष्ठसहितका नेता र शुभेच्छुकहरू दिल्ली पुगेका छन् । कांग्रेसका नेता शंकर भण्डारी आइतबार नयाँ दिल्ली जान लागेको महर्जनले जानकारी दिए ।

यता, खड्काको स्वास्थ्यको कामना गर्दै भद्रकाली, दक्षिणकाली, काभ्रेपलाञ्चोक सहितका मन्दिरमा पूजाअर्चना गरिएको छ । नेपाल तरुण दलका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्