रुकुम, ४ असार ।
यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि ५ नं प्रदेशमा पर्ने सिस्ने गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)बीच चुनावी तालमेल भएको छ ।
गाउँपालिकाका अध्यक्षमा एमालेका नन्दलाल शर्मा र उपाध्यक्षमा नेपाली काँग्रेसका लक्षिराम घर्ती चुनाव लड्ने गरी सहमति भएको बताइएको छ ।
आठ वटा वडा रहेको गाउँपालिकाका १, ३ र ५ नं वडामा एमालेले काँग्रेसका उम्मेदवारलाई र बाँकी २, ४, ६, ७ र ८ नं वडामा काँग्रेसले एमालेका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति भएको साबिक रुकुमकोट गाविसका काँग्रेस सभापति सरिता बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले दुवै पार्टीबाट उम्मेदवारी दर्ता भए पनि भोलि सहमतिअनुसार फिर्ता लिइने छ ।
जिल्लाका अन्य दुई गाउँपालिकामा पनि अहिले उम्मेदवारी दिइए पनि सहकार्यका लागि छलफल भइरहेकाले उम्मेदवारी फिर्ता लिनसक्ने बताइएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।