मन्त्री विष्टको निर्देशन मानेनन् विभागका कर्मचारीले



काठमाडौं, ११ चैत ।
दरबन्दी भन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन बैदेशिक रोजगार विभागका कर्मचारीले उल्लंघन गरेका छन् ।

उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे ।

निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित रुपमा हाजिर गराएर काममा लगाएको बताए ।

मन्त्रीको निर्देशन विपरित किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के भन्यो भन्ने आधारमा कर्मचारीको हाजिर रोक्न नसक्ने जानकारी दिए । यस विषयमा मन्त्री भने चुपचाप छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्