संसदको बैठक बस्दै, आध्यादेशहरु पेश हुने



सैघाली खबर
काठमाडौं,१२ चैत

सरकार यसअघि जारी भएका अध्यादेशलाई संसदमा प्रवेश गराउँदैछ । आज बस्ने ब्यावस्थापिका संसदको बैठकमा राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेश पारितका लागि पेस गर्ने तयारी छ । चिकित्सा शिक्षा अध्यादेश भने पेस गर्ने कुनै तयारी नभएको संसद् सचिवालयले जनाएको छ ।

संसदको बैठक बिहान १ बजे बस्दैछ । आजको कार्यसूचीमा रहेका अध्यादेशमा बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगको पहिलो संशोधन अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेश पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

आजको संसद् बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पेस हुने सम्भावना बढी छ । सचिवालयमा दर्ता नभए पनि कार्यसूचीमा राख्ने विषयमा दलहरूबीच सहमति जुटिसकेको छ । सचिवालयका प्रवक्ता गौतमले आज बिहानसम्ममा सचिवालयमा अध्यादेश दर्ता हुने र दर्ता भएका अध्यादेश कार्यसूचीमा राख्ने जानकारी दिनुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश अन्योलमा परेको छ । जारीपछि ऐनसरह कार्यान्वयनमा आएको सो अध्यादेश संसद् चलेको ६० दिनभित्र पारित गर्नुपर्नेमा शिक्षा मन्त्रालयले अध्यादेशलाई सदनमा पेस गर्ने कुनै तयारी नगरेपछि अध्यादेश अन्योलमा पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्