एमाले र माओवादी एकता चैत भित्रै, भोलि खाका तयार हुने



सैघाली खबर
काठमाडौं,१२ चैत

नेकपा एमाले र माओवादी केन्द्रले चैतभित्रै पार्टी एकता गर्ने गरी तयारी थालेका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी भएको छ । यसअघि नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर अप्रिल २२ अर्थात् बैशाख ९ मा पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी थियो ।

तर सबै तयारी अन्तिम चरणमा पुगेकाले चैतभित्रै एकताको तयारी सुरु गरिएको बताइएको छ । एमाले नेता सुवास नेम्वाङले जति सक्दो चाँडो पार्टी एकता गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँ चैत २५ गते भित्रमा पार्टी एकताको प्रयास भईरहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण अघि नै पार्टी एकता गर्न एमाले इच्छुक देखिएको छ । तर एकिकृत पार्टीमा नेताहरुको व्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण देखिएको छ। सोही कारण एकतामा बिलम्ब भईरहेकाृे विश्लेषकहरु बताउँछने । एकतापछि पार्टी केन्द्रीय समितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको माओवादी केन्द्रले जनाएको छ ।

संगठन तथा विधान मस्यौदा समितिले अब बन्ने एकीकृत पार्टीको केन्द्रीय कार्यसमिति ३ सय देखि ३ सय ५० सम्मको रहने प्रस्ताव अघि सारेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्