काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, चुनावी पराजयमा समिक्षामा नेताहरु केन्द्रित



सैघाली खबर
काठमाडौं,१२ चैत

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । आज बिहान ९ बजेपछि पार्टी कर्यालयमा बोलाइएको बैठकमा सभापति शेरबहादुर देउवाले पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ । आजदेखि चुनावी समिक्षा र भावी कार्ययोजनाका विषयमा नेताहरुले धारणा राख्नेछन् । केही केन्द्रीय सदस्यले अग्रीम महाधिवेसनको माग गर्दै लिखित प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।

आसन्न चुनावमा बेहोरेको पराजयको जिम्मा नेतृत्वले लिनु पर्ने काँग्रेस केन्द्रीय सदस्यहरुको भनाई छ । बैठकमा मन माझामाझ गर्ने काम भईरहेको भएपनि काँग्रेस भित्र बाझाबाझ भईरहेको हल्ला चलाईनु गलत भएको नेता नविन्द्रराज जोशीले  बताउनुभयो ।

पार्टीले गम्भिर रुपमा चुनावी समिक्षा गरिरहेको उहाँको भनाई छ । अधिकांश काँग्रेस नेताहरुले हारको जिम्मा नेतृत्वले लिनु पर्ने बताउँदै आएका छन् । तर सभापति शेर बहादुर देउवा हारको जिम्मा आफुले मात्रै लिने पक्षमा हुनुहुन्न ।

संस्थापन पक्षका नेताहरु पार्टी भित्र गुट उपगुट हावी भएकाले चुनावमा पराजय बहोर्नु परेको बताउँदै आएका छन् । उनीहरुले हारको जिम्मा सबैले लिनुपर्ने बताएका छन् । काँग्रेस भित्र तत्काल महासमिति बैठक बोलाउनु पर्ने माग पनि भईरहेको छ । साथै कतिपय नेताहरुले महाधिवेशनको समेत माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्