अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षाको तयारी अन्तिम चरणमा



सैघाली खबर
काठमाडौं,१२ चैत

 

दुई पटकसम्म स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको शिक्षक सेवा आयोगले जनाएको छ । गत वर्षमा तराईको बाढी र भदौमा शिक्षकहरूको असन्तुष्टिका कारण देखाएर रद्द गरिएको परीक्षा आयोगले आगामी चैत २३ मा लिने तयारी छ ।

आयोगका प्रशासकीय अधिकृत तुलसीप्रसाद थपलियाका अनुसार २२ हजार ७६ दरबन्दीमा अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न लागिएको हो । केही अस्थायी शिक्षकहरूले आयोगले सञ्चालन गर्ने परीक्षाप्रति असन्तुष्टि जनाए पनि परीक्षा नरोकिने आयोगले जनाएको छ ।

शिक्षा ऐनको नवौं संशोधनपछि सरकारले अस्थायी शिक्षकहरूलाई अस्थायी शिक्षकको कुल दरबन्दीको ७५ प्रतिशत सिटमा सीमित आन्तरिक प्रतिस्पर्धात्मक परीक्षामार्फत स्थायी गरेर अनुत्तीर्ण हुनेलाई गोल्डेन हयान्डसेकबाट बिदाइ गर्न लागिएको हो । २२ हजार ७६ पदका लागि देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने २३ हजार २ सय ८६ शिक्षकले आवेदन दिएका छन् ।

पूर्णाङ्को ४० प्रतिशत नम्बर ल्याउने परीक्षार्थी उत्तीर्ण भई स्थायी हुने खुकुलो प्रावधान ल्याईएको छ । केहीमा धेरै पदमा माग भएको भन्दा पनि थोरै शिक्षकले निवेदन दिएका छन् । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रस्तावमा अघिल्लो संसदले ऐनको नवौं संशोधन गरेर अस्थायी शिक्षकले माग नै नगरेको प्रावधानसहित परीक्षा सजिलो बनाइदिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्