सैघाली खबर,
चैत १२, दाङ । दाङमा आइतबार बस र जिप एक(आपसमा ठोक्कीदा एकै घरका ४ जना घाईते भएका छन ।
घाइते हुनेमा तुलसीपुर १२ हरीपौरा निवासी दोर्ण अधिकारी, गिता अधिकारी, अनित अधिकारी र रमेश चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते सबैको तुलसीपुरको सिटी अस्पतालमा उपचार भइरहेको छ ।
तुलसीपुरबाट फुलबारीका लागि छुटेको रा१ख४४३ र विपरित दिशाबाट आईरहेको लु१च ३८२८ नम्बरको जिप मोटरसाइकललाई बचाउन खोज्दा ठोक्कीएको प्रहरीले बताएको छ ।
दाङमा मोटरसाईकलको ठक्करबाट गाई मर्यो, चालक पक्राउ
दाङमा मोटरसाईकलको ठक्कर बाट एउटा गाई मरेको छ ।
तुलसीपुर सितलपुर सडक खण्डको स्टार चोक नजिकै रा ४ प ५९२ नम्वरको मोटरसाईकलको ठक्करबाट एउटा गाई मरेपछि चालक र मोटरसाईकल नियन्त्रणमा लिएर आवश्यक कारवाही थालिएको प्रहरीले जानकारी दिएको छ ।
आइतवार बेलुका ८ बजेतिर तुलसीपुरबाट सितलपुर तर्फ जाँदै गरेको उक्त मोटरसाईकलको ठक्कर बाट एउटा गाई मरेपछि मोटरसाईकल चालक र मोटरसाईकल नियन्त्रणमा लिएर आवश्यक कारवाही थालिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।