सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा ओलीज्यू !
सर्वप्रथम त मुलुकको दुई तिहाइभन्दा अधिक मतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ । जीवनमा कसैसँग सुको नलिने र मुलुक कायापलट गर्ने तपाईंको मनोकाङ्क्षा पूरा होस् । तपाईंले देखाएको स्वाभिमानले मुलुकको शिर उँचो भएको हामी कहिल्यै बिर्सन सक्दैनौं र आगामी दिनमा समेत तपाईंको कार्य सदा सर्वदा जनताप्रति समर्पित रहोस् भन्ने कामना गर्न चाहन्छु ।केही दिनदेखि कैलाली टीकापुरको घटना फेरि चर्चामा आएको छ । यसको एउटै कारण हो– उक्त घटनामा मुख्य अभियुक्त भनेर मुछिएका रेशम चौधरी । मुलुकको वर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले आमरण अनशन बसिरहेका सांसद रेशम चौधरीलाई जुस खुवाएर अनशन तोडाएपछि त झन् सामाजिक सञ्जाललगायत सबैजसो मिडियाका लागि मुख्य समाचार नै बनेको छ– टीकापुर घटना । व्यक्तिगत सामाजिक सञ्जाल त आफ्नै पेवा भइहाल्यो तर सबैको साझा सामाचारिक मनोकाङ्क्षा पूरा गर्ने केही दैनिक पत्रपत्रिकाले समेत सांसद रेशम चौधरीलाई खेदेको देख्दा अचम्म र आश्चर्य मात्रै लाग्दैन, लोकतान्त्रिक मुलुकमा सामन्ती शासनको दमनमा घिटघिटी बाँच्नुपरेको आभास पनि हुन्छ । प्रत्येक दिन सामाजिक सञ्जाललाई पच्छ्याउने हामीजस्ता युवाहरू अन्तरमनले क्रूद्ध तब हुन्छौं, जब राष्ट्रिय मिडियाले समेत यो घटनालाई बढावा दिइरहेको हुन्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू !
म टीकापुरकै एक थारु युवा हुँ र रेशमको समकक्षीसमेत हुँ । पहिला रेशमको आलोचक हुँ र अहिले कट्टर समर्थक भएको छु । आलोचक उनको अभूतपूर्व क्षमताको आरिसले भएको थिएँ र आज समर्थक यसकारण भएको छु, रेशम चौधरीको विकल्प छैन । म जस्ता हजारौं थारु युवाको एक मात्र सपना र भविष्यको कल्पना नै रेशम हुन् । बाँकी कुरा पत्रका अक्षरले स्वयम् बुझाउलान् । अहिले आफ्नो सुरक्षाको कारणले पूरा नाम वतन खुलाउन सक्दैन तर यदि तपाईंले यो पत्र प्राप्त गरिसकेपछि मलाई पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुहुन्छ भने नाम ठेगाना त के तपाईंलाई भेटेर टीकापुर घटनाको पूर्ण फेरिहस्त मात्रै होइन उक्त घटनामा एकोहोरो आरोप लगाइरहनेसँग प्रत्यक्ष प्रतिवाद गर्नसमेत तयार छु ।
सबैभन्दा पहिले म तपाईंलाई जानकारी गराउन चाहन्छु– रेशम चौधरी को हुन् रु मैले जानेको रेशम चौधरी त्यही व्यक्ति हुन्– जो स्कुले बखत ड्रम बजाएर सबै जिल्लाभरिका खेलाडीलाई मार्चपास गराउँथे, हरेक जिल्ला अञ्चलको कार्यक्रममा उत्साहका साथ कविता वादविवाद र साहित्यिक कार्यक्रममा भाग लिइरहेका हुन्थे । उनको क्षमता देखेर हरकोही आरिसले जल्दथे । हामी थारु युवा युवतीसमेत जल्दथ्यौँ भने अन्य समुदायका लागि त उनी आँखाको कसिङ्गर नै थिए । विद्यार्थी जीवनपश्चात उनी राजधानी काठमाडाँैतिर अध्यनका लागि लागे भने हामी यतै आसपासका धनगढी नेपालगन्जतिर छरियौँ । उनी काठमाडाँै गएको केही महिनामै चर्चामा आउन लागे । कहिले रेडियो नेपाल त कहिले टिभीमा उनका गीतहरू बज्न थाले । हामीले केही गर्न नसक्ने तर हामीसँगैको फुच्चेले देश हल्लाएको देख्दा रिसले मुर्मुरिने मात्रै होइन कुन मौका मिल्ला र रेशमलाई खसाउन सकिन्छ । त्यो हाम्रो मनमा समेत सदा लागिरहन्थ्यो तर हामी सदा मुर्मुरी रह्यौँ तर रेशम निरन्तर अगाडि बढिरहे ।
रेशम कुशल खेलाडी, पत्रकार, सङ्गीतकार, गायकलागायत बहुमुखी प्रतिभाका धनी त हुन नै त्यसैमा सबैभन्दा ठूलो उनको अभूतपूर्व क्षमता हो– उनको वाककला । उनले मञ्चमा भाषण गर्ने मौका पाए भने जस्तोसुकै वक्ता पनि उनको अगाडि फिका लाग्छन् । उनको यही क्षमताले राजनीतिककर्मीहरू उनका दुस्मन बनिरहेका थिए । मैले अघि नै उल्लेख गरिसकें प्रधानमन्त्रीज्यू १ जब हामी समकक्षी नै उनको क्षमताको दुस्मन बन्न सक्छौं भने सदा पदीय लोलुपतामा टाँसिनेहरू त झन् उनलाई पन्छाउनै चाहन्थे । हो रेशम चौधरी यसैका शिकार भएका हुन, साँच्चै टीकापुर घटनामा रेशम दोषी भने होइनन् ।
सम्माननीय प्रधानमन्त्री ज्यू !
रेशम चौधरीले के कमाए के गुमाए, त्यो सबकासामु छर्लङ्ग छ । द्वन्द्वकालमा समेत कमैयाका बस्ती बस्तीमा झुल, तन्ना, लत्ताकपडा, औषधि बाँड्ने व्यक्ति हुन् रेशम चौधरी । उनले हरेक कमैयाका घरमा पानी पिउने नल्का ठोकिदिए । कमैयाका बालबालिकालाई छात्रवृत्ति दिन्थे । लम्की टीकापुर सडक खण्डका लागि माटो प्रदान गर्ने व्यक्ति हुन् रेशम । उनले आफ्नै लागतमा टीकापुरका संस्थापक स्व। खड्कबहादुर सिंहको सालिक बनाइदिए, जुन टीकापुरको एक मात्र शान र पहिचान भएको छ ।
नेपाली नागरिकताविहीन कलाकार स्व। गोपाल भुटानीको सालिक बनाउने पनि उनै हुन् । टीकापुरमा कलाकार बाटिका बनाउने पनि उनै हुन् । प्रधानमन्त्रीज्यू, मैले किञ्चित पनि सङ्कोच नमानी भन्नुपर्दा टीकापुरबासीले तपाईंलाई देख्ने र तपाईंको दुईचार कुरा सुन्ने अवसरसमेत रेशम चौधरीले नै जुराइदिएका हुन् । रेशमको फूलबारी एफ।एम।को वार्षिकोत्सवमा तपाईंलाई प्रधानमन्त्री बन्ने आशिष दिने रेशम पत्नी रन्जिताको भाषण सुन्ने प्रत्येक्षदर्शीमध्ये एक म पनि हुँ । टीकापुरबासीलाई केहीभयो भने रेशमजीलाई भन्नुहोला म जस्तोसुकै सहयोग गर्न तयार छु भनेर पनि तपाईंको मुखबाट त्यही मञ्चमा सुनेको हुँ ।
संयोग आज तपाईं दुई दुई पटक प्रधानमन्त्री भइसक्नुभयो । त्यही रेशम चौधरी अन्यायमा परेर न्यायको भीख माग्दैछन्
तर अष्टमीको बोकाझैँ चौधरीको क्रन्दन कसैले सुनिरहेको छैन । केही परे रेशमजीलाई भन्नू भन्ने तपाईंको त्यो वचनको समेत आज टीकापुरप्रति सहानुभूति देखिएन ।
तर अष्टमीको बोकाझैँ चौधरीको क्रन्दन कसैले सुनिरहेको छैन । केही परे रेशमजीलाई भन्नू भन्ने तपाईंको त्यो वचनको समेत आज टीकापुरप्रति सहानुभूति देखिएन ।
के रेशम चौधरी दोषी हुन् ?
सम्माननीय प्रधानमन्त्री ज्यू !
अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेशका बारेमा केही वर्षदेखि चलेको राजनीतिक आन्दोलनका बारेमा तपाईं जानकार नहुने त कुरै भएन । थरुहटका पक्षबाट थारु बुद्धिजीवी र अखण्ड पक्षधरबाट विशेषतः पहाडी बुद्धिजीवी उक्त आन्दोलनमा सबैजना जानी नजानी सहभागी भएकै हुन् । प्रधानमन्त्रीज्यू, फरक यति मात्रै थियोे कि थारुहरूसँग केवल आफ्नो समूह थियोे भने अखण्ड पक्षधरसँग सिङ्गो राज्य थियोे । राज्यको थारु समुदायप्रतिको दमन कतिसम्म थियोे भने हरेकजसो थरुहटसभाको दिनमा थारुहरूको क्षति नभएको दिनै हुँदैनथ्यो । के प्रधानमन्त्रीज्यूलाई कैलालीको बौनियाँ बजारमा थारुहरूको करिब पाँच सयवटा साइकल एकै ठाउँमा जलाइएको खबर थाहा छैन र रु के धनगढी बजारमा थारुहरूको १७ वटा ट्याक्टरसहित करिब डेढ सय जना घाइते भएको खबरबाट अन्जान हुनुहुन्छ र रु २०७२ भाद्र ४ गते टीकापुर नजिकै तोरैयाँपुर भन्ने स्थानमा धनगढीबाट सद्भाव र्यालीका नाममा आएका जत्थाले सुरक्षाकर्मीको सहयोगमा थारुहरूको घरका छाना र करिब तीन दर्जन मोटरसाइकलमा गरेको तोडफोडबाट अन्जान हुनुहुन्छ र रु हो, यी सबै घटनामा भएको दमनबाट थारुहरूलाई राज्य हाम्रो होइन भन्ने अनुभूति भइसकेको थियोे ।
प्रधानमन्त्रीज्यू, मैले अघि नै उल्लेख गरिसकें रेशम चौधरीको सबैभन्दा ठूलो दुस्मन भनेकै उहाँको वाककला हो । उहाँ कैलालीको पाँचवटा क्षेत्रमध्येको एक नं। क्षेत्रको आन्दोलनको संयोजक पनि हो तर उहाँले गर्ने सार्वजनिक भाषण सबैका लागि उत्साहजनक र ज्ञानबद्र्धक पनि हुन्थ्यो । प्रायः मैले सबै उनको भाषण सुनेको छु र प्रधानमन्त्रीज्यूले पनि सुन्नसक्नुहुनेछ, जुन युट्युबमा उपलब्ध छ । तर उनले भाला बन्चरो प्रहार गरेर पहाडी समुदायलाई खेद्नुपर्छ भनेको मैले कतै सुनेको छैन । बरु त्यही टीकापुरको मञ्चमा ९जहाँ मधेसी प्रमुख नेताहरू समेत थिए० राजेन्द्र महतो र उपेन्द्र यादवलाई सार्वजनिक रूपमा हप्काएको सुनेको छु । सामाजिक सञ्जालमा उनलाई जथाभावी आरोप लगाएको देख्दा झन मन उम्लिएर आउँछ । सोही कारण रेशमको प्रसंशकहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । सामाजिक सञ्जालमा भुक्नेहरूले रेशमलाई कति चिनेका छन् कुन्नी तर यथार्थ नबुझिकनै त्यसरी अर्काको चरित्र हत्या र जीवन बर्बाद गर्नेलाई कस्तो र के सजाय हुन्छ यसको जवाफ पनि प्रधानमन्त्रीज्यूबाट अपेक्षा गरेको छु । समाचारको नाममा जथाभावी लेख्ने पत्रकारहरूलाई पनि चुनौती छ– कम्तीमा टीकापुरमा आई यथार्थ बुझी समाचार लेखिदिनुस । आजभोलि रेशमको समाचार पढ्दा लाग्छ नेपालका सबै चर्चित दैनिक पत्रिका हावा हुन् र आफूलाई नेपालको न्यायलय नै सम्झिन्छन् ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
भाद्र ४ गते रेशम आफ्नो जेठानको दिवङ्गतमा क्रिरियाघरमा काठमाडाँैमा थिए । तोरैयापुरमा भिडन्त भैरहँदा थारु समुदायलाई पछाडि हटाउने उनै हुन । त्यही बेलुकी बसेको थारु आन्दोलनकर्मीको मिटिङबाट रेशमलाई संयोजकबाट हटाउने निर्णय भएको थियोे । किनकि राज्यको दमनबाट थारुहरू दिनप्रतिदिन पीडित हुँदै गइरहेका थिएभने रेशम सद्भाव बिगार्नुहुन्न भन्नेमा हुन्थे ।
भाद्र ६ गते अचानक रेशम धनगढीको सर्वदलीय बैठकमा छन् भन्ने सुनियो । फेरि त्यही बेलुकी रेशम टीकापुरको सशस्त्र गणको बैठकमा छन् भन्ने पनि सुनियो । अरूले जेजस्तो आरोप लगाए पनि भाद्र ६ गतेसम्म रेशम र आन्दोलनकर्मी विपरीत ध्रुव भइसकेका थिए । भाद्र ६ गते बेलुकी उनले आफ्नै रिसोर्टमा बोलाएको बैठकमा कुनै थारु गएनन् ।
भाद्र ७ गते थरुहट पक्षले बीच बजारमा अवस्थित टीकापुर नगरपालिका कार्यालयमा थरुहट प्रदेश लेख्ने कार्यक्रम राखेको थियोे । बिहान ९ र १० बजेतिर रेशमले आज जुलुस नगर्ने दबाब दिँदैछन् भन्ने खबर आन्दोलनकर्मीलाई प्राप्त भयो । यो खबर सुनेर युवालगायत केही साथीहरू क्रुद्ध भए । आज आन्दोलनमा आए रेशमलाई पनि ठेगान लगाउनुपर्छ भन्नेको जमात ठूलै थियोे । आफ्नो केही नचल्ने देखेपछि रेशम बर्दियातिर लागेका हुन ।
भाद्र ६ गते अचानक रेशम धनगढीको सर्वदलीय बैठकमा छन् भन्ने सुनियो । फेरि त्यही बेलुकी रेशम टीकापुरको सशस्त्र गणको बैठकमा छन् भन्ने पनि सुनियो । अरूले जेजस्तो आरोप लगाए पनि भाद्र ६ गतेसम्म रेशम र आन्दोलनकर्मी विपरीत ध्रुव भइसकेका थिए । भाद्र ६ गते बेलुकी उनले आफ्नै रिसोर्टमा बोलाएको बैठकमा कुनै थारु गएनन् ।
भाद्र ७ गते थरुहट पक्षले बीच बजारमा अवस्थित टीकापुर नगरपालिका कार्यालयमा थरुहट प्रदेश लेख्ने कार्यक्रम राखेको थियोे । बिहान ९ र १० बजेतिर रेशमले आज जुलुस नगर्ने दबाब दिँदैछन् भन्ने खबर आन्दोलनकर्मीलाई प्राप्त भयो । यो खबर सुनेर युवालगायत केही साथीहरू क्रुद्ध भए । आज आन्दोलनमा आए रेशमलाई पनि ठेगान लगाउनुपर्छ भन्नेको जमात ठूलै थियोे । आफ्नो केही नचल्ने देखेपछि रेशम बर्दियातिर लागेका हुन ।
सम्माननीय प्रधानमन्त्रीज्यू !
घटना कसरी भयो रु किन भयो रु यतापटि राज्यको ध्यान गएको जस्तो लाग्दैन । राज्य घटनाको निश्पक्ष छानविन गर्नेतर्फ उन्मुख देखिँदैन । राज्य र पत्रकारहरूको एउटै रटान छ– रेशम चौधरीले एसएसपी लक्ष्मण न्यौपानेको हत्या भाला रोपेर गरेका हुन् र दुई वर्षे बालकको निर्ममतापूर्वक गोली हानेर हत्या गरेका हुन् । प्रधानमन्त्रीज्यू, मैले तपाईंको मुखबाट बारम्बार सुशासनको कुरो सुन्दै आएको छु । केही चर्चित टिभी च्यानलले एक बालकको अन्तरवार्ता देखाउँछन् र हामी सबैलाई भ्रममा पार्न खोज्छन् । त्यहाँ देखाइएको हुन्छ– रेशमले मलाई मार भनेको हो अनि मैले मारेँ र रेशमले मलाई स्याबासी दिएँ । प्रधानमन्त्रीज्यू, ती बालकको बारेमा स्थानीयलाई सोधपुछ गर्दा थाहा पाइन्छ होला कि हिजोको दिनमा उनको स्वास्थ अवस्था कस्तो थियोे रु फिल्मका निर्देशकलाई त्यो भिडियो देखाएर एक पटक सोध्नुस्– कतै त्यो दृश्य मञ्चन त होइन रु हामी नेपाली जनता मात्रै मूर्ख छौँ कि मुलुक चलाउने तपाईं जस्ता राजनेता पनि मूर्ख छन् प्रधानमन्त्रीज्यू रु हामीलाई जवाफ चाहियो ।
आन्दोलनमा सहिद भएका बालकको बारेमा निस्पक्ष छानविन गर्नुस् त, बालकको हत्या गोलीले भयो कि लाठीले रु आन्दोलनमा खटिएका सुरक्षाकर्मीले चलाएको गोलीबाट कति घाइते भए ?
आन्दोलनमा सहिद भएका बालकको बारेमा निस्पक्ष छानविन गर्नुस् त, बालकको हत्या गोलीले भयो कि लाठीले रु आन्दोलनमा खटिएका सुरक्षाकर्मीले चलाएको गोलीबाट कति घाइते भए ?
सरकारसँग आँकडा छ रु टीकापुरमा आन्दोलन भैरहँदा जिल्ला प्रहरी प्रमुख कहाँ थिए रु स्वयम् घटनास्थलसँग अवस्थित टीकापुर इलाका प्रहरी प्रमुख कहाँ थिए रु किन अञ्चल प्रहरी प्रमुख स्वयम् डिउटीमा खटिएका थिए रु एसएसपी लक्ष्मण न्यौपाने किन सशस्त्रका सुरक्षाकर्मी लिएर आन्दोलन स्थलमा पुगे रु उनले दिएको आदेश सशस्त्रले किन पालना गरेन रु स्थानीय घुमुवा प्रहरीको रिपोर्ट किन एसएसपीसम्म पुगेन रु उनीसम्म पुग्नैपर्ने घुमुवा प्रहरीको रिपोर्ट कहाँ गएर पूर्णबिराम लाग्यो रु किन प्रहरी यो सब छानबिनबाट पन्छिन खोज्दैछ रु सरकारले आफै गठन गरेको छानबिन रिपोर्ट किन सार्वजनिक हुँदैन रु घटनास्थलमा लिइएका अन्तरवार्ताहरू मिडियाले किन प्रसारण गर्दैनन् रु स्थानीय पत्रकारहरूको रिपोर्ट किन छापिन्न, बजाइन्न र देखाइन्न रु किन प्रहरीको पीडित परिवारको पीडा मात्रै मिडियाले प्रसारण गर्छ रु भाद्र ८ गते थारुहरूको घरमा छानीछानी आगो लगाउनेहरू के राज्यबाटै सञ्चालित हुन् रु रेशम चौधरीको घर, होटेल र एफएममा आगो लगाइयो । लुटपाट गरियो र आज राज्यले उनैलाई डाँका चोरी मुद्दा लगाएर जेलमा थुनेको छ । अब भन्नुस प्रधानमन्त्रीज्यू, हाम्रो चित्त कहाँनेर बुझ्छ ?
घटनास्थलमै नभएको मान्छेलाई आरोपको भरमा जेलमा थुन्न पाइन्छ रु उहाँको अन्तिम टेलिफोन कल डिटेलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र मानव अधिकारकर्मी मोहना अन्सारीसँग भएको देखिन्छ, के उहाँहरूलाई छानबिन गर्न सकिँदैन रु प्रधानमन्त्रीज्यू, यो नभुल्नुहोला कि तपाईं केवल निश्चित वर्गको मात्रै प्रधानमन्त्री हो, तपाईं त थारु, पहाडी हामी सबै र सिङ्गो नेपालको प्रधानमन्त्री हो । तपाईंले सत्यतथ्यताका साथ निर्दोषलाई न्याय दिनैपर्छ, चाहे हजारौं गुनासा किन नहुन् । आज रेशम ३४,३४१ मतले सांसदमा चुनिएका छन् । उनी केवल थारुका मात्रै प्रतिनिधि होइनन सम्पूर्ण नेपाली जनताका जनप्रतिनिधि हुन । यो कुरा प्रधानमन्त्रीले बिर्सन मिल्दैन । स्वयम् प्रधानमन्त्रीको दल नेकपा एमालेकी उम्मेदवार गरिमा शाहभन्दा २१००० मतान्तरले विजयी भएका रेशम चौधरीलाई थारु भनेर पन्छाउन मिल्दैन । उनलाई समयमै न्याय नदिने हो भने अर्को चुनावको थरुहट क्षेत्रको सबै परिणाम रेशमको पोल्टामा नजाला भन्न सकिन्न । म स्वयम् राजपाको कार्यकर्ता होइन तर रेशम माथी भइरहेको विभेद र दमनका कारण उनलाई भोट हाल्न बाध्य भएको हुँ ।
कस्को मनोबल खस्दा राम्रो ?
सम्माननीय प्रधानमन्त्रीज्यू !
सामाजिक सञ्जाललगायत विभिन्न न्युज च्यानल मार्फत प्रहरीको मनोबल खसाउनु हुन्न र टीकापुर घटनाको दोषीलाई कारवाही गर्नैपर्छ भन्ने खबरले हामी पनि खुशी हुन्छौं । हो, साँच्चिकै प्रहरीको मनोबल खसाउनु पनि हुन्न र टीकापुरको घटनामा मान्छे मार्नेलाई पनि छोड्नुहुन्न । तर के प्रहरीको मनोबल खसाउनु हुन्न भन्दैमा टीकापुर घटनापछि थारुहरूको घरमा आगो लगाउने, लुटपाट गर्ने, चेलीबेटीमाथि यौनहिंसा गर्ने प्रहरीलाई पुरस्कार दिएर उन्मुक्ति दिनुपर्ने हो रु हरेक घर पसलमा आगो लाग्दा प्रहरीको उपस्थिति भिडियो र फोटोमा स्पष्टै देखिन्छ । स्वयम् रेशम चौधरीको रिसोर्टबाट विद्युत प्राधिकरणको गाडीमा सुरक्षाकर्मीले रक्सी ओसारेको भिडियो छताछुल्ल छ । यस्ता सुरक्षाकर्मीलाई कारवाही गर्ने कि नगर्ने रु टीकापुर घटनाबाट केवल थारुहरूको मनोबल मात्रै खस्केको छैन, पहाडी समुदायको मनोबल पनि उत्तिकै खस्केको छ । आज टीकापुरमा ब्यापार छैन । उहिलेको जस्तो चहलपहल छैन, एकापसमा मेलमिलाप छैन । समुदायमा सद्भाव छैन । अब भनिदिनुस प्रधानमन्त्रीज्यू कसरी बन्छ मुलुक समृद्ध ?
टीकापुर घटनामा राज्य फसेको छ । भाद्र ७ गतेको घटनामा भएकालाई कारवाही गर्ने हो भने ८ गते लुटपाट गर्नेलाई पनि कारवाही गर्नैपर्ने हुन्छ । भाद्र ८ गतेको घटनालाई निश्पक्ष रूपमा छानबिन गर्दा कोहीकोही मन्त्री पर्लान, कोही सांसद पर्लान । कोही प्रहरीको परिवार पर्लान् त कोहीकोही तपाईंकै पार्टीको बरिष्ठ नेतासमेत पर्लान् । मैले भनिरहनु नपर्ला प्रधानमन्त्रीज्यू, टीकापुर घटनामा मुद्दा लागेकाहरू अहिले पनि माओवादी र एमालेको सदस्य भएर उन्मुक्ति पाएका छन् । एमाले र माओवादीको सदस्य बने जेल जानु नपर्ने, पक्राउ नहुने र अरू दलको हुनेबित्तिकै जेलनेल सबै भोग्नुपर्ने रु यही हो त हाम्रो सुशासन प्रधानमन्त्रीज्यु रुसुरक्षाकर्मी त राज्य र जनताको करबाट पोषित छन् तर जनता आफ्नो बाहुबलले कमाउँछन् र राज्यलाई करसमेत बुझाउँछन् । विडम्बनाको कुरो त तब लाग्छ जब जनताकै करबाट पोषित सुरक्षाकर्मीको मनोबल खस्किएको समाचार छापिन्छ । पत्रकार महोदयलाई त्यति पनि हेक्का छैन, जनताको मनोबल खस्कियो भने के हुन्छ रु
आज दिनप्रतिदिन शिक्षित जनताले मुलुक छोड्ने होडबाजी गर्दै गरेको प्रधानमन्त्रीज्यूलाई थाहै छ । कहिलेकाहीँ टीकापुरका थारुहरू अहिले एकआपसमा सल्लाह गरेर यो ठाउँ छोडेर बेलापरसुवातिर जाने कुरा सुनिन्छ ।बेलापरसुवा नजिकै भारतीय भूमिमा पर्छ । त्यहाँ थारुहरूको निकै घनाबस्ती छ । त्यसैले प्रधानमन्त्रीज्यू, कर्मचारीभन्दा नागरिकको मनोबललाई ध्यान दिनुस्, अनि मात्र मुलुकले शान्ति अनि समृद्धि प्राप्त गर्छ ।
आज दिनप्रतिदिन शिक्षित जनताले मुलुक छोड्ने होडबाजी गर्दै गरेको प्रधानमन्त्रीज्यूलाई थाहै छ । कहिलेकाहीँ टीकापुरका थारुहरू अहिले एकआपसमा सल्लाह गरेर यो ठाउँ छोडेर बेलापरसुवातिर जाने कुरा सुनिन्छ ।बेलापरसुवा नजिकै भारतीय भूमिमा पर्छ । त्यहाँ थारुहरूको निकै घनाबस्ती छ । त्यसैले प्रधानमन्त्रीज्यू, कर्मचारीभन्दा नागरिकको मनोबललाई ध्यान दिनुस्, अनि मात्र मुलुकले शान्ति अनि समृद्धि प्राप्त गर्छ ।
के सुरक्षाकर्मीका परिवार मात्रै पीडित हुन् ?
सम्माननीय प्रधानमन्त्रीज्यू !
जबजब टीकापुरको घटना चर्चामा आउँछ तबतब पीडित प्रहरी परिवारका एक दुई जना सदस्यको भनाइलाई पीडामिश्रित बनाएर अतिरन्जित बनाउने कोसिस गरिन्छ । पीडित परिवारको पीडा हामी पनि बुझ्छौँ प्रधानमन्त्रीज्यू तर के प्रहरीका परिवार मात्रै पीडित हुन् रु बिनाकारण जेलमा थुनिएका परिवार पीडित होइनन् रु उनीहरूको पीडालाई मिडियाले कहिले स्थान दिएको छ रु के प्रधानमन्त्रीज्यूले उहाँहरूलाई पनि भेटेर कहिले सन्चो बिसन्चो सोध्नुभएको छ रु निर्दोष तर राज्यले पुर्पक्षका लागि भनेर कानुन विपरीत तीन वर्षदेखि कारागारमा रहेका परिवारका बालबच्चाहरू आज स्कुल नगई मजदुरी गर्न गएको खबर प्रधानमन्त्रीज्यूलाई थाहा छ कि छैन रु चैत १० गते नेपालगन्जको कानुन व्यावसायीहरूको एक कार्यक्रममा सम्मानित राष्ट्रपतिज्यूले समेत निर्दोषले न्याय पाउनुपर्छ र छिटोछरितो नै पाउनुपर्छ । ढिलो न्याय गर्नु पनि न्याय नपाउनु हो भनेर भन्नुभयो । म कानुन पढेको त होइन तर कानुन व्यावसायीका अनुसार कसैलाई पनि एक वर्षभन्दा बढी पुर्पक्षका लागि राख्न पाइन्न । तर टीकापुरको घटनामा मुछिएकाहरू विगत तीन वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् । यो कस्तो न्याय हो प्रधानमन्त्रीज्यू रु के कानुन कसैका लागि ऐन र कसैका लागि चैन हुन्छ ?
सम्माननीय प्रधानमन्त्रीज्यू !
रेशम चौधरी एक राष्ट्रवादी र सम्भावना बोकेका युवा हुन् । उनीबाट बालकको हत्या गर्ने, मान्छे मार्न उक्साउने हर्कत कदापि हुनसक्दैन । बरु उनी आफ्नो क्षमता प्रदर्शन गरेर दुस्मनी कमाएका हुन् । साँचो भन्नुपर्दा उनलाई थारु नेताहरूले नै फसाएका हुन् । भोलि सुदूर–पश्चिममा रेशमको वर्चस्व होला र हामी पाखा लागौँला भन्नेको समूह र सधैं थारुहरूलाई कमैया बनाइराख्ने थारु नेताबाटै उनी दलदलमा फसेका हुन् । यो कुरा जनताले बेलैमा बुझेर त्यस्ता थारु नेताहरूलाई तह पनि लगाएका छन् । मलाई रेशमका बारेमा बढी ब्याख्या गर्नु छैन तर प्रधानमन्त्रीज्यूलाई यति जरुर भन्नुछ, म उनको भोटर हुँ । म जस्ता ३४,३४१ जनाले उनलाई भोट हालेका छौँ । उनले प्राप्त गरेको सबै भोट थारुको मात्रै होइन, पहाडी समुदायको पनि हो । हामीले रेशमलाई टीकापुरमा शान्ति र सद्भाव कायम होस्, राज्यले रेशम निर्दोष छ भनी बुझोस भनेर भोट हाल्यौँ । टीकापुरवासी थारु पहाडी सबैलाई थाहा छ– रेशम नभए सद्भावको कल्पनासमेत गर्न सकिन्न । नचिनेको नजानेको कोही पोखराबाट, कोही झापाबाट भन्दै सामाजिक सञ्जालमा तुष नपोखौँ । सत्यतथ्य यथार्थ रिपोर्टिङका लागि पत्रकारहरू घटनास्थलमा आउनुस् र निस्पक्ष भई कलम चलाउनुहोस् ।
अन्त्यमा,
अन्त्यमा,
सम्माननीय प्रधानमन्त्रीज्यू!
कसैको भावनामा नबहकिनुस, सत्यतथ्य घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुस् र निर्दोषलाई उन्मुक्ति दिनुस । तपाईंभित्र जुन राष्ट्रियताको भावना छ, सायद रेशम चौधरीको मनोभावना पनि उत्तिकै छ भन्ने मलाई लाग्दछ । कसैले तपाईंको अगाडि भिजेको परेली देखाउँदैमा अर्काको मुटुमा पनि छुरा नधसाइ हाल्नुस् । लोकतन्त्रमा जनमतको कदर गर्नुस र रेशम चौधरीलाई ससम्मान शपथ खुवाई संसद भवनमा प्रवेश गराउनुस । जुन दिन न्यायालयले फैसला गर्छ त्यो दिन हामी पनि निस्पक्ष अदालतको फैसलालाई स्वीकार गर्नेछौं र हाम्रो भावनालाई बुझी टीकापुरलाई जनप्रतिनिधिविहीन नबनाउन हुन प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । hamarsanesh.com बाट साभार

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।