बुबाको सम्झनामा जग्गादान



सैघाली खबर,
दाङ, १२ चैत्र । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी अभिषेक शाहले आफ्ना बुबा भीमसेन शाहको सम्झनामा यहाँ शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि एक करोड पाँच लाख मूल्य बराबरको सात कट्ठा जग्गादान गरेका छन्।

शाहले तुलसीपुर उपमहानगरपालिका–१ ‘ख’ कित्ता नं १६३ बाट सात कट्ठा जग्गा शनिबार स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दिएका हुन्। सो वडाका वडाध्यक्ष बेदु केसीको उपस्थितिमा उनले जग्गा प्रदान गरेका हुन्। ‘बुबा हामीमाझ रहँदासम्म सामाजिक काम र समाजमा महत्वपूर्ण योगदान गर्दैआउनुभएको थियो त्यसैको निरन्तरताका लागि मलाई पनि केही काम गर्ने मन लागेको होे’, अभिषेकले भने।

भीमसेन शाहलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण गरी बेपत्ता बनाएको थियो । उनको अवस्था अझैसम्म अज्ञात रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्