मन्त्रिपरिषद् बैठकले यस्तो गर्यो निर्णय



सैघाली खबर,
काठमाडौं १२ चैत्र । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने मिति तय गरेको छ । सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले १५ गते ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्ने निर्णय गरेको हो ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरेको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । दुई सल्लाहकालाई राज्यमन्त्री सरह सेवा सुविधा पाउनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्