सैघाली खबर
काठमाडौं,१२ चैत
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई १५ गते सम्बोधन गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । १५ गते ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गनुर्हहुने छ । दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक संसदलाई सम्बोधन गर्नुहुने छ ।
यस्तै सरकारले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याललाई विशिष्ठ श्रेणीको सुविधा पाउने गरी नियुक्त गरेको छ ।
साथै बैठकले प्रधानमन्त्रीको जन–सम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई राज्यमन्त्रीको सुविधा पाउने गरी नियुक्त गरेको छ । नेपाली सेनाका १३ जना महासेनानीको दुई वर्षका लागि म्याद थप समेत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।