नेपालमा स्वीजरल्याण्ड पार्क किन बनाइयो ?



दिपक गुरुङ

नेपालको प्राकृतिक धरातलीय वस्तु स्थिति हेर्ने हो भने यो स्वीजरल्याण्ड भन्दा कम छैन ।

त्यसैले होला नेपालका नेताहरु कहिलेकाँही नेपाललाई स्वीजरल्याण्ड जस्तै बनाउने कुरा व्यक्त गर्छन । यहाँको प्राकृतिक सौन्दर्यताको कारणले वर्षेनी लाखौको संख्यामा पर्यटकहरु घुम्न आउछन ।

झण्डै २ दशक अगाडी घुम्ने सपना बोकेर नेपाल आएका स्वीजरल्याण्डका २१ जना पर्यटक सदाकालागि विदा भएका थिए । हो त्यही ठाँउलाई स्वीजरल्याण्ड पार्क नामाकरण गरियो । जहाँ स्वीजरल्याण्डका नागरिकहरु हवाइ जहाज दुर्घटनामा परेका थिए ।

उनीहरु मारिएको ठाँउमा हाल उनीहरुकै सम्झनामा सालिकहरु बनाइएको छ । त्यो जुन ठाँउ प्राकृतिक र पर्यटकीय हिसावले मनोरमस्थलको रुपमा रहेको छ । यो स्थान हाइकिंग र पिकनिक स्थलको रुपमा परिचित छ ।

यो काठमाण्डौको स्वयमभूबाट १५ किलोमिटर पस्चिममा अवस्थित छ । हाल यो चन्द्रागिरि नगरपालिकामा पर्छ ।

यो रमणीयस्थल काठमाण्डौ र धादिंगको सिमानामा पर्छ । यो ठाँउबाट विहानको सूर्योदयको दृश्य हेर्नलायक हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्