उपसभामुख तुम्बाहाङ्फे द्वारा पार्टी सदस्यताबाट राजीनामा



सैघाली खबर
काठमाडौं,१२ चैत

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमालेको सदस्य लगायत सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी दिनुभएको हो । उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्