एशियन कप छनोट नेपाल र यमन भिड्ने



सैघाली खबर
काठमाडौं,१२ चैत

एएफसी एशियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि यमनसंग प्रतिस्पर्धा गर्ने भएको छ । खेल कतारको दोहास्थित सुहइम बिन स्टेडियममा हुने छ । समूह ‘एफ’मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ । नेपालको लागि यो खेल प्रतिष्ठाका लागिमात्र हुनेछ ।

यसअघि काठमाडौँमा भएको पहिलो यमन विरुद्धको लिगमा नेपालले गोलरहित बराबरी खेलेको थियो । छनोट चरणमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी र बाँकी खेलमा पराजित भएको थियो । नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन सात अंकसहित दोस्रो तथा समान सातअंक नै जोडेको ताजकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्