मतदान गर्दै प्रधानमन्त्रीले भन्नुभयो निर्वाचन ऐतिहांसिक क्षण हो



वैशाख ३१, २०७४ प्रधानमन्त्री पुष्पकमल दाहाले स्थानीय तहको निर्वाचन ऐतिहांसिक क्षण भएको बताउनु भएको छ । । आइतवार बिहान चितवनको भरतपुर महानगरपालिका ४ लंकुस्थित लक्ष्मी माबि केन्द्रमा उहाँले मतदानमा अपेच्छा भन्दा बढी सहभागिता देखेकाले आफु उत्साहित बनेको वताउनुभयो । ‘मलाई गर्व महशुस भएको छ,’ उहाँले भन्नुभयो ‘मैले हिजै निर्वाचनमा सहभागिताका लागि अनुरोध गरेको थिए । आज उल्लेख्य सहभागिता देखियो छ ।’

संचारकर्मीसित संक्षिप्त कुराकानी गर्दै आफुले तालमेल अनुसार नै मतदान गरेको प्रतिक्रिया दिनुभयो । ‘मैले के मा मतदान गरें त्यो महत्वपुर्ण हैन,’ , ‘निर्वाचन सम्पन्न गर्ने कुरा महत्वपुर्ण हो ।’ प्रधानमन्त्री मतदानका लागि शनिवार नै गृह जिल्ला पुग्नु भएको थियो । मतदान सकेर अहिले केही बेरमै राजधानी फर्किने कार्यक्रम रहेको छ ।

उनी संगै माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकामा मेयर प्रत्यासी रेणु दाहालले पनि मतदान गरेकी थिइन । भरतपुरमा नेपाली कांग्रेस र माओवादीबीच मेयर र उपमेयरमा तालमेल छ । जस अनुसार मेयरमा प्रधानमन्त्री पुत्री रेणु र उप मेयरमा कांग्रेसकी पार्वती साह मैदानमा छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्