सैघाली खबर
दाङ,१३ चैत
नेपाल तरुणदल दाङले राजनैतिक विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं ३ को पार्टि कार्यलय तुलसीपुरमा उक्त कार्यक्रम भएको हो । नेपाल तरुणदल दाङका अध्यक्ष टिका घर्तिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
अन्र्तक्रिया कार्यक्रममा नेपाली कांग्रेसका जिल्लास्तरका नेता तथा भातृ संगठनहरुका प्रमुखहरुविच पार्टिको आन्तरीक सुदृढिकरणका विषयमा छलफल समेत भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले नेपाली कांग्रेसले विगतका कुराहरुलाई बिर्सेर संगठनलाई थप मजुवद बनाउनु पर्ने बताएका थिए । पार्टिभित्र आउने हरेक किसीमका समस्या तथा चुनौतीहरुलाई सामना गर्नका लागी एक ढिक्का भएर लाग्नु पर्ने बताए ।
कार्यक्रमका सहभागीहरुले नेपाली काँग्रेसले गरेका हरेक कृयाकलापको सबैले मुल्याङकन गर्न आवश्यक रहेको बताएका छन । कार्यक्रममा वोल्ने वक्ताहरुले पार्टिले गरेका हरेक काम प्रति सबैको मुल्याङकन गर्न आवश्यक भएको बताए । फुट्ने नभई अव जुट्नेको समय नेपालि काँग्रेसमा रहेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
यस्तै कार्यक्रमले विभिन्न निर्णय समेत गरेको छ । जसअन्र्तगत नेपाली काँग्रेसलाई बलियो बनाउनका लागी सबै गुट उपगुट भन्दा माथि उठेर विभीन्न क्षेत्रमा रहेका सबैलाई एकसाथ लैजाने निर्णय गरीएको छ । पार्टि भित्र रहेका हरेक कार्यकर्ता अव एकजुट भई जाने निर्णय गरीएको छ । सो अन्र्तक्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य , पुर्व मन्त्रि एवं प्रभावशाली नेता खुम बहादुर खड्का र दाङका नेता तेजवहादुर बस्नेतको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरीएको थियो ।
उक्त अन्र्तक्रिया कार्यक्रममा पुर्व सांसद बुद्धिराम भण्डारी , निर्वतमान सभापती घनश्याम रेग्मी , नेपाली कांग्रेस जिल्ला सचिव टेक व। वली ,नेपाली कांग्रेसका क्षेत्रिय सभापती जगत खड्का,नेपाली कांग्रस क्षेत्र नं ५ का कार्यबाहक सभापती घनश्याम ढकाल , नेपाली कांग्रेस महाधिवेशन प्रतिनीधी चेत वहादुर सेर्पाईली ,तरुण दल दाङका उपसभापति मुक्ती प्रसाद न्यौपाने , कांग्रस नेता केशव आचार्य , नेपाली कांग्रस सल्यानका पुर्व सभापती ध्रुवराज पुरी ,प्रेस युनियनका केन्द्रिय सदस्य शुरेस श्रेष्ठ, प्रजातान्त्रीक उद्योग व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल, नेविसंघ क्षेत्रिय सभापती नविन योगी , तरुणदल क्षेत्रिय सभापती रमेश मल्ल,स्ववियु सभापती अनिल कार्कि लगाएतकाको उपस्थित रहेको हो । उक्त कार्यक्रमको सहजिकरण नेपाल तरुणदल जिल्ला सचिव धु्रव आचार्यले गर्नु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।