दाङको छिल्लीकोट महोत्सवमा पर्यटकीय जडिबुटीको प्रदर्शनी



सैघाली खबर
दाङ,१३ चैत
दाङको पर्यटकीय एवं ऐतिहासिक क्षेत्र छिल्लीकोटको प्रबद्र्धनका लागि आयोजना गरिएको पर्यटन महोत्सवमा दुर्लभ जडिबुटीहरु प्रदर्शनीमा राखिएको छ । सुगन्ध कोकिला संरक्षण सम्बद्र्धन समितिले महोत्सवमा छिल्लीकोट क्षेत्रमा पाइने दुर्लभ जडिबुटी प्रदर्शनीमा राखेको छ ।

चल्लवंशीय राजाले शासन गरेको क्षेत्रका रुपमा रहेको दाङको विजौरीस्थित छिल्लीकोटमा विश्वबाट नै लोपोन्मुख अवस्थामा पुगेका सुगन्ध कोकिला ९मालागिरी०, गजेरी, अलैची, अमला, हर्रो, बर्रो, दालचिनी, लहरे गुर्जो, त्यसैगरी काफल, काउलो, ओेखर, सुनगाभा, सुनखरी, पिप्ला, चिराइतो, कालो बेसार, कालो जिरा, अदुवा, पाती, टिम्मुरलगायतका जडिबुटीहरु प्रदर्शनीमा राखिएको थियो । सुगन्ध कोकिला संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष परवीर पुनले छिल्लीकोटलाई जडिबुटीको पकड क्षेत्रका रुपमा विकास गर्नतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउन जडिबुटी प्रदर्शनीको आयोजना गरेको जानकारी दिनुभयो ।

 

‘छिल्लीकोट क्षेत्रमा उत्पादित दुर्लभ जडिबुटीहरुको प्रबद्र्धन गर्नतर्फ जिल्लाका सरोकारवाला निकायको ध्यान पुगिरहेको छैन । यस्तो अवस्थामा हामीले पर्यटन महोत्सवमा जडिबुटीको प्रदर्शनीमा राखेका हांै’, समितिका अध्यक्ष परवीरले भन्नुभयो, ‘स्थानीयस्तरबाट हामीले जडिबुटी संरक्षण अभियान चलाए तापनि सरकारी निकायबाट कुनै पहल थालिएको छैन । यो महोत्सवले हाम्रो अभियानलाई सहयोग पु¥याउने अपेक्षा गरेका छौं ।’

 

‘जैविक विविधताको संरक्षण र सम्बद्र्र्धन गरांै, हाम्रो धर्ती र हाम्रो वातावरणलाई बचाएर राखौं’ भन्ने नारा दिएर जडिबुटी प्रदर्शनीमा राखिएको भन्दै अध्यक्ष परवीरले जडिबुटी प्रदर्शनी अवलोकन गर्न आउनुभएका तुलसीपुर उपमहानगरपालिकाका उप–प्रमुखले जटिबुटी संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । ‘तुलसीपुर उपमहानगरपालिकाका उप–प्रमुख माया आचार्यबाट जडिबुटी संरक्षणका लागि उपमहानगरपालिकाको सहयोग हुने आश्वासन आएको छ’, अध्यक्ष परवीरले भन्नुभयो, ‘पर्यटन महोत्सव हाम्रा लागि बरदान सावित भएको छ । यहाँका जटिबुटीको प्रबद्र्धन गर्न महोत्सवले सहयोग पु¥याएको छ ।’

 

कालिका मालिका एवं छिल्लीकोट संरक्षण समितिले आयोजना गरेको पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रदेश सभा सदस्य अमर डाँगीले पर्यटक आकर्षण गर्नका लागि स्थानीय वस्तुको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । मेला महोत्सवमा स्थानीय वस्तुहरुको प्रसार प्रचार गर्दै व्यवसायीमुखी बनाउनुपर्ने भन्दै प्रदेश सभा सदस्य डाँगीले छिल्लीकोटलाई आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुको समेत आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने बताउनुभयो ।

 

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले छिल्लीकोटको विकासका लागि उपमहानगरकोतर्फबाट विशेष कार्यक्रम अघि सार्न थालिएको बताउनुभयो । छिल्लीकोटमा खानेपानी सुविधाका साथै गुरुयोजना अध्यावधिक गरेर कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख आचार्यले छिल्लीकोटमा आउनका लागि स्यालापानी हुँदै केबुलकारको सम्भाव्यता अध्ययन गरिने बतानुभयो । कार्यक्रममा अर्का विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले छिल्लीकोटलाई दाङ जिल्लाकै पर्यटक गन्तव्यस्थलकारुपमा विकास गरिने बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्