असहाय बालबालिकासंग जन्मदिन



सैघाली खबर
दाङ,१३ चैत

तुलसीपुर एक युवाले अहसाय वालबालिकासंग जन्मदिन मनाएका छन् । तुलसीपुरका युवा बिक्की सिंह ठकुरीले आईतबार परेको जन्मदिनलाई असहाय बालबालिकासंग मनाएका हुन् । ठकुरी आईतबार २१ बर्ष पार गरी २२ बर्षमा प्रबेश गरेका हुन् । सोही अबशरमा उनले तुलसीपुरको असहाय वाल विकास नेपाल बिजौरीमा आश्रीत १४ जना बालबालिकालाई शैक्षिक सामाग्री र मिठाई वितरण गरेका हुन् । उनले कपी, कलमलगायतका शैक्षिक सामाग्री र मिठाई वितरण गरेका थिए ।

अरुले जन्म दिनमा ठुला ठुला होटेलहरुमा पार्टी गरेर जन्म दिन मनाउने गरेको भन्दै उक्त खर्चलाई सदुपयोग गरेर सामाजिक काममा लगाए असहायहरुका लागि ठुलो राहात हुने भन्दै जन्मदिन मनाउने शैली परिबर्तन गरेको बताए । आमावुवाको शाहारा पाउन नसकेको असहाय वालबालिकाहरुलाई पालन, पोषण गर्नुका साथै शिक्षा दिक्षा दिएको भन्दै उक्त संस्थालाई ठकुरीले प्रशंसा पनि गरेका थिए ।

साथै संस्थाका अध्यक्ष बिष्णु चौधरीले संघसंस्था तथा ब्यक्तिहरुको सहयोगले नै सामाजिक काममा लाग्न प्ररण मिलेको बताए । शाहारा गुमाएका बालबालिकाहरुको भबिष्य सुनिश्चित होस भनेर संस्थाले उनीहरुलाई एउटै थलोमा राखेर पालन पोषण तथा शिक्षादिक्षा दिएको अध्यक्ष चौधरीले बताए । आउदा दिनमा पनि बिक्की जस्तै धेरै सामाजिक संघसंस्था तथा समाजसेवीको सहयोगको खाँचो रहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्