काठमाण्डौको सत्ता संरचना ढल्यो महरा



दाङ, असार ४ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले काठमाण्डौ सत्ता ढलेको वताउनु भएको छ ।  नेकपा माओवादी केन्द्र घोराहीको गुलरिया पार्कमा गरेको बिशाल जनसभालाई सम्वोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । माओवादीले राज्य पुनः संरचनाको एजेण्डा अगाडी सारेपछि काठमाण्डौ केन्द्रित  सत्ता संरचना ढलेको वताउनुभयो  । सिह दरवारबाट जनताले अधिकार प्राप्त गर्न नसक्दा माओवादीले संविधानमै उल्लेख गरेर संत्ता संरचना गाउँ केन्द्रित गरेको वताउनुभयो ।
अब स्थानीय तह निकै शक्तिशाली हुने उल्लेख गर्दै भन्नुभयो–‘म अर्थमन्त्री भएको बेला स्थानीय तहलाई बजेटको ठूलो हिस्सा अनुदानको रुपमा पठाउने ब्यवस्था गरेको छु, अब स्रोत र शक्ति दुबैले स्थानीय तह अधिकार सम्पन्न भएका छन् ।’

mahara 2
सिंहदरवारको शक्ति जनताको हातमा आउनु सानो परिवर्तन नभएको उल्लेख गर्दै माओवादी नेतासमेत रहेका महराले आफ्नो एजेण्डाको कार्यान्वायन माओवादीले नै गर्ने भएकाले स्थानीय तह निर्वाचन माओवादीले जित्नुपर्ने बताउनुभयो । पहिलो चरणको निर्वाचनमा प्राविधिकरुपमा माओवादीले थोरै स्थानमा जिते पनि राजनीतिकरुपमा जीत हात पारेको बताउनुभयो । ‘पहिलो कुरा त आफ्नो एजेण्डा माओवादीले आफ्नै कार्यकालमा लागु गरेको छ’– उहाँले भन्नुभयो– ‘प्राविधिकरुपमा हेर्दा पनि हामी ४६ ठाउँमा पहिलो र ५२ ठाउँमा दोस्रो भएका छौं, स्थानका हिसाबले कम जिते पनि हामीले मतसंख्याका हिसाबले अन्य दलकै हाराहारीमा जितेका छौं ।’ उहाँले दाङका धेरै स्थानीय तहमा माओवादी जित्ने दावी पनि गर्नुभयो ।

mhara sir

निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख पदका उम्मेदवार जीवन गौतम, उपप्रमुखका उम्मेदवार सिता चौधरीलगायत बोल्नुभएको थियो । सभामा रक्तबीज सांस्कृतिक परिवार दाङले सांस्कृतिक कार्यक्रम देखाएको थियो भने मानबहादुर बस्नेतको नेतृत्वमा ६१ जना कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए । उपमहानर उपाध्यक्ष विश्वराज आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन अध्यक्ष विश्वराज आचार्यले गर्नुभएको थियो ।

त्यस्तै राप्ती गाउँपालिकाले भालुवाङमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै केन्द्रीय कार्यालय सदस्य नारायणप्रसाद शर्मा पौडेलले जनताको घरआँगनमा आउनु जनताको ठूलो जीत भएको बताउनुभयो । यसलाई जोगाउँदै जनताको वास्तविक सत्ता स्थापना गर्नतिर लाग्नुपर्ने बताउनुभयो ।  चुनाव परिचालन समिति संयोजक लुमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य दामा शर्मा, नरेन्द्रमान केसी, अध्यक्षका उम्मेदवार श्यामेश चौधरी, उपाध्यक्षका उम्मेदवार भगवता अधिकारीलायतले बोल्नुभएको थियो । गाउँ पार्टी अध्यक्ष धर्मराज अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सञ्चालन नारायण शर्माले गर्नुभएको थियो ।

mahara 3

यसैबीच पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्माले अब स्थानीय सरकार महिला, दलित लगायत राज्यका मूलधारबाट वञ्चित गरिएका उपेक्षित वर्गले सञ्चालन गर्ने बताउनुभयो । स्थानीय तहबाटै समावेशी अभ्यास शुरु भएको भन्दै यसलाई लक्षित वर्गको हितमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । बबइ गाउँपालिकाले हंशपुरमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
कार्यक्रममा पोलिटब्यूरो सदस्य कुवेर ओली, निर्वाचन परिचालन संयोकज भीमबहादुर ओली, अध्यक्षका उम्मेदवार सुशील खड्का क्षेत्र, उपाध्यक्षका उम्मेदवार उर्मिला ओलीलगायतले बोल्नुभएको थियो । पूर्वमन्त्री शर्माले शान्तिनगर गाउँपालिकाको चिराघाटमा आयोजित जनसभालाई पनि सम्वोधन गर्नुभएको थियो । सो सभामा अध्यक्षका उम्मेदवार नेवबहादुर रोका र उपाध्यक्षका उम्मेदवार राधिका परियारले पनि सम्वोधन गर्नुभएको थियो । त्यस्तै पूर्वमन्त्री शर्मा र नेता ओलीले दंगीशरण गाउँपालिकाको हेकुलीमा आयोजित चुनावीसभालाई पनि सम्बोधन गर्नुभएको थियो । त्यस्तै माओवादी केन्द्र गढवाले गरेको चुनावीसभालाई पोलिटब्यूरो सदस्यद्वय निर्मल आचार्य र नारायण शर्मा, अध्यक्षका उम्मेदवार लुमाकान्त न्यौपाने ‘सागर’, उपाध्यक्षका उम्मेदवार रमाकुमारी चौधरीलगायतले बोल्नुभएको थियो । राजपुर गाउँपालिकाले गंगदीमा गरेको चुनावीसभालाई पनि पोलिटब्यूरो सदस्य निर्मल आचार्य, लीला शर्मा, अध्यक्षका उम्मेदवार श्यामबहादुर झाँक्री र उपाध्यक्षका उम्मेदवार पुष्पा यादवले सम्वोधन गर्नुभएको थियो ।

4

लमहीले वृहत चुनावी ¥याली
माओवादी केन्द्र लमहीले आइतवार वृहत चुनावी ¥याली गरेको छ । ¥यालीपछि आयोजित सभालाई पोलिटब्यूरो सदस्य इन्द्रजीत चौधरी, अध्यक्षका उम्मेदवार द्रौपदा पौडेल र उपाध्यक्षका उम्मेदार कालुराम चौधरीले सम्वोधन गर्नुभएको थिया । बंगलाचुलीमा पनि माओवादीले सभा गरेको छ । सभालाई केन्द्रीय सदस्य सुवास पुन, अध्यक्षका उम्मेदवार भक्तबहादुर ओली र उपाध्यक्षका उम्मेदवार यमुना घर्ती मगरले सम्वोधन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्