खुमबहादुर खड्काको स्वास्थ्य बुझ्न कांग्रेसका नेताहरू दिल्ली प्रस्थान



सैघाली खबर,
काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न केन्द्रीय सदस्यद्वय रमेश लेखक र शंकर भण्डारी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

कांग्रेसका नेताद्वय लेखक र भण्डारी मंगलबार बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिले खड्काको स्वास्थ्य अवस्था बुझ्न दुई नेता पठाउने निर्णय गरेको थियो ।

लेखक र भण्डारीले दिल्लीको एपोलो हस्पिटलमा मृगौला रोगको उपचार गराइ रहेका नेता खड्कासँग भेटवार्ता गर्ने छन् । उपचार खर्चमा आर्थिक अभाव भएको वा नभएको बारेमा पनि जानकारी लिने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्