राजधानीका नाममा सर्बसाधारण झुक्याउँदै जग्गा दलाली



 

दिपक बोहरा, तुलसीपुर १३ चैत ।

प्रदेश नंबर ५ को अस्थायी राजधानी बुटवल तोकिएको छ । तर प्रदेशको राजधानी दाङ भन्दै यहाँका जग्गा ब्यबसायीले सर्बसाधारणलाई झुक्क्याइहेका छन् ।

सरकारले अस्थायी राजधानी नतोक्दा सम्म प्रदश नंबर ५ को राजधानी दाङको बेलझुण्डी तोक्ने हल्ला ब्यापक थियो । त्यही हल्लाको पछि लागेर यहाँका जग्गा ब्यबसायीले धमाधम जग्गा प्लटिङ गरेर घडेरी बनाए ।

तुलसीपुर उपमहानगरपालिका १७ बेलझुण्डीमा रहेको चाँदनी चोकमा ‘प्रदेश नंबर ५ को राजधानीमा यहाँहरुलाई स्वगात छ, आर्कषक घडेरी खरिद बिक्रिका लागि सम्पर्क’ लेखिएको ब्यानर टाँगेर प्रचार गरेका थिए ।

काग्रेस सभापति देउवा नेतृत्वको सरकारले ५ नंबर प्रदेशको राजधानी बुटवल तोक्यो । प्रदेश सभाले स्थायी राजधानीका बारेमा कुनै निचोट निस्किन सकिरहेको छैन् । तर चाँदनी चोकमा जग्गा ब्यबसायीले प्रचारका लागि राखिएको बोर्ड अझै निकालिएको छैन् ।

त्यस क्षेत्रमा पुग्ने सर्बसाधारणहरु ‘प्रदेश राजधानी दाङ’ लेखिएको बोर्ड हेरेर झुक्किने गरेका छन् । बोर्डमा जग्गा ब्यबसायी मिनराज वली र ऋषिराम रिजालको नाम पनि उल्लेख गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्