बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्युको रहस्य खुल्यो यस्तो रहेछ कारण



सैघाली खबर,
चैत १३, काठमाडौँ ।

राष्ट्रिय फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु ‘ह्याङ्गिङ’ अर्थात् झुन्डिएर भएको पुष्टि भएको छ ।२०७३ जेठ १३ गते बिहान आफ्नै कोठामा मृत्त अवस्थामा भेटिएकी मनिषाको मृत्युको कारण १० महिनापछि खुलेको हो ।

उनको मृत्युको कारण ह्याङ्गिग भएको ठहर गर्दै मनिषाका प्रेमी अर्थात् हत्या आरोपित आशिष भनिने रुद्रनारायण चौधरीलाई नवलपरासी जिल्ला अदालतले सफाई दिएको छ ।

मनिषा मृत अवस्थामा भेटिएपछि उनको हत्या चौधरीले नै गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो । साथै आशिषविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरिएको थियो ।

यसअघि मनिषाको पोस्टमार्टम गर्दा रिपोर्टमा चिकित्सकहरुले उनको मृत्यु ह्याङ्गिङका कारण भएको बताएका थिए । तर मनिषाको हत्या हत्या नै गरिएको भन्दै घटनास्थलमा फेला परेका प्रमाणका आधारमा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चौधरीले मनिषाको घटना भएको राति आफ्नो र मनिषाको झगडा भएको तर हत्या नगरेको दाबी गरेका थिए । त्यसपछि झुटो बोलेको हो या होइन भनेर पुष्टि गर्न उनलाई प्रहरीले नियन्त्रणमा लिएर उनको पोलिग्राफ टेष्ट गरेको थियो ।

पोलिग्राफ टेष्टमा उनले साँचो बेलोको देखिएको थियो । अहिले अदालतले पुर्पक्षका लागि कारगारमा रहेका आशिषलाई थुनामुक्त गर्न आदेश दिएको छ । यो खबर नेपाल समाचारपत्रले लेखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्