अपाङ्हरुका लागि संस्कृतिक कार्यक्रम



सैघाली खबर
दाङ,१३ चैत

अपाङ्गता भएका ब्यक्तिहरुको खेल क्षेत्रमा विकास गर्न तुलसीपुरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । नयाँ बर्षको अबशर पारी तुलसीपुरमा न्यू एयर एभ ब्लाष्ट हुने भएको हो । एलिजन नेपाल ईनिस्टिच्यूट अफ टेक्नोलोजी तुलसीपुरको अयोजनामा कार्यक्रम हुने भएको हो ।

कार्यक्रमबाट संकलन भएको रकम मध्य ४० प्रतिसत अपाङ्गता भएका ब्यक्तिहरुको खेल क्षेत्रको बिकासमा खर्चने आयोजकले बताएको छ । कार्यक्रम संयोजक अरुण लहरेका अनुसार अपाङ्गता भएका ब्यक्तिहरुले खेल्ने खेल पारा टेवल टेनिसका लागि संकल भएको रकम मध्य ४० प्रतिसत छुट्याउने बताए ।

अपाङ्गता भएका ब्यक्तिहरुको खेल क्षेत्रको बिकासका लागि कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाई छ । राज्यले पनि उचित सम्मान दिन नसकेको भन्दै अपाङ्गता भएका ब्यक्तिहरुको विकासका लागि यस्ता कार्यक्रमले महत्व राख्ने शारिरीक अपाङ्ग यज्ञ बिकले बताए । ‘राज्यले पनि हाम्रो खेल क्षेत्रको बिकासका लागि कुनै प्रभाबकारी कदम चलाएको छैन’ उनले भने ‘ यस्तै बिभिन्न ब्यक्ति तथा संघसंस्थाको सहयोग गरेमा राज्यलाई पनि दवाव पुग्छ ।’ यही चैत ३० गते तुलसीपुरको द पार्क क्याफेमा कार्यक्रम हुने छ ।

कार्यक्रममा चर्चित गायक हेमन्त शर्मा, अंकित शर्मा, रञ्जु सनम, ईञ्जिला रेग्मी, औरा गुरुङ, सल्यास ब्यान्डलगायतका कलाकारहरुले प्रस्तुती राख्ने भएका छन् । यसैबीच मंगलबार तुलसीपुरमा पत्रकार भेटघाट गरी कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । कार्यक्रम संयोजक अरुण लहरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

त्यस अबशरमा रिपोर्टस्र क्लब दाङका अध्यक्ष शरद रेग्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुबराज न्यौपानेले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्