माओवादीका मन्त्रीहरु अनुपस्थित‘ब्रिफिङ’ मा



प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘ब्रिफिङ’मा माओवादीका मन्त्रीहरु अनुपस्थित भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा एमालेबाट मन्त्री बनेका रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डाक्टर युवराज खतिवडा र   परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो । त्यस्तै एमालेका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल पनि ‘ब्रिफिङ’मा सहभागी हुनुहुन्थ्याे । तर सत्ता साझेदार पार्टी माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने अनुपस्थित हुनुहुन्थ्याे ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५०–५० प्रतिशत हैसियत नभएसम्म पार्टी एकता नहुने घोषणा गरेको भोलिपल्ट माओवादीका मन्त्रीहरु अनुपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

युरोपेली युनियन (ईयू)ले नेपालको सामानुपातिक निर्वाचन प्रणालीतर्फ खस आर्य समुदायलाई आरक्षण दिन नहुने भन्दै प्रतिवेदन सार्वजनिक गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राजदुतलाई ब्रिफिङ गर्नु भएको हो । ईयूको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरकारले प्रतिवेदन सच्याउन ईयूलाई भनेको थियो । तर ईयूले भने प्रतिवेदन सच्याउन अस्वीकार गरेको छ ।

ब्रिफिङमा प्रधानमन्त्री ओलीले सार्वभौमसत्ताको रक्षा, लोकतन्त्रप्रति प्रतिवद्ध, सामाजिक न्याय र समानता, स्थिरता र विकास, सुशासन र जनताको आकांक्षा सम्बोधन सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । उहाँले नेपाल कुनै पनि बाहृय देशको उपनिवेश नरहेको भन्दै वर्तमान सरकार राष्ट्रिय हितको संरक्षण गर्न प्रतिबद्ध रहेकाले यसमा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्