फिचर

यस्तो गर्न नपाएपछि प्रियंकाको डिभोर्ष भएको थियो फेसबुकमा यस्तो भन्छिन प्रियंका कार्की

By थाहा अनलाइन

March 28, 2018

“नाइ न भन्नू ल २ मा अनुभवको आमा, झोलेमा एक बेशिया,कलिवुडमा एक  सुन्तलीमा एक  टिपिकल गाउँले, मालामा एक आत्मा, छ्क्का पन्जामा गाउँकी चम्पा, छक्का पन्जा २ मा एक शक्तिशाली 

र एक आमा, फाटेको जुत्तामा एक बिरगंजकी युवती, बटरफ्लाइमा

एक प्रेमिका, शत्रु गतेमा एक इन्स्पेक्टर, ह्यप्पी डेजमा एक NRN युवती गर्दै अनेकौं चलचित्रमा फरक फरक भुमिकामा पर्दामा आए र यो क्रम सदैव जारी रहने छ।

फरक भुमिकाले फरक आनन्द दिन्छ। एउटा च्यालेन्ज महसुस हुन्छ।

हरेक चलचित्रमा मुख्य नायिका बनेर नायक संग सधै डाँडापाखामा रोमान्स मात्र गर्नुपर्छ जस्तो मलाइ लाग्दैन। रियल लाइफमा जे

छु, पर्दामा पनि त्यस्तै देखाउनुपर्छ भन्ने लाग्दैन। मैले पर्दामा आमाको, आत्माको, फुपुको, या अरु फरक भूमिकामा काम गर्दैमा बाटोमा मलाई कसैले यी नामहरुले बोलाउने होइन। म एक कलाकार हु, कलालाई सम्मान गर्छु।

कलाकार भैसकेपछि हरेक भूमिकामा रमाउन जान्नुपर्छ। 

म आफ्नो

कम्फर्ट जोन भन्दा बाहिर रहेर काम गर्न चाहन्छु

। वास्तविक जीवनमा न भोगेका अनुभवहरुलाइ पर्दामा उतार्न चाहन्छु र पुरै मेहेनत गरेर न्याय गर्न चाहन्छु।” – प्रियंका कार्की