इटहरी
आन्तरीक राजश्व विभागले नयाँ सरकार बने लगत्तै रक्सी उध्योगको अनुगमन थालेपछि उध्योगका संचालकहरुमा भागदौड मच्चिएको छ । व्यापक कर छली गरिरहेको आशंकामा विभागले सिआईवीको सहयोगमा अप्रेशन सुरु गरेपछि उनीमा भागदौड मच्चिएको हो ।
राजश्व छली विरुद्दको अपे्रशनमा हालसम्म दुई दर्जन वढि उध्योग र पसल तथा डिलरमा छापा मारी सिल गरीएपछि रक्सी उध्योगहरुले गरीरहेको कर छली समेत छताछुल्ल बनेको छ । अधिकांश रक्सी उध्योगले अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गर्ने गरेको भेटिएको आन्तरीक राजश्व विभागले जानकारी दिएको छ ।
विभागले उध्योग र डिलरहरुमा गरेको अनुगमन पछि यस्तो तथ्य वाहिर आएको हो ।
नक्कली स्टिकर प्रयोग गरेको भेटिएपछि दुई दर्जन वढि उद्योग र डिलरमा सिलवन्दी गरिएको विभागले जानकारी गराएको छ । झापा , सुनसरी धनुषा र भैरहवा क्षेत्रका उ द्योग र डिलरहरुमा सिलवन्दी गरीएको विभागका महानिर्देशक किशोरजंग कार्कीले जानकारी गराएका छन् ।
सिआईवीको सहयोगमा नक्कली स्टिकर विरुद्द थालिएको अपे्रशन जारी रहेको र काठमाण्डौको चावहील र वानेश्वर क्षेत्रका डिलरमा पनि सिल गरीएको विभागले जानकारी गराएको छ । स्टिकर सँगै रक्सीको पनि परीक्षण थालिने विभागले जानकारी गराएको छ । रक्सीमा युपीको आधारमा कर लाग्छ तर त्यसमा पनि कर छलिएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएकाले रक्सी समेत परिक्षण गर्ने तयारी भएको हो । रसुवा डिष्टिलरीले त्यसरी कर छलेको पुष्टि भएको पनि विभागले जनाएको छ ।
नारायणी डिष्टिलरी , बाबा डिष्टिलरी , भोलेबाबा लिकर्स प्राली , युनाईटेड लिकर्स प्रालि ,हाईलेन्ड डिष्टिीलरी , अभिनव डिष्टिलरी , शिखर डिष्टिलरी एन्ड लिकर्स प्राली , दृष्टि इन्टरप्राईजेज दमक , विनर्स लिकर्स प्राली र पुर्वाञ्चल डिष्टिलरीले प्रयोग गरेका स्टिकर शंकास्पद भएको भन्दै विभाग र सिआईवीले सिल गरेर अनुशन्धान थालेको छ ।
ईटहरीको हलेसी डिष्ट्रिवुटस एन्ड सप्लायर्स , हिमालयन ट्रेडस , चन्द्रसुर्य सप्लायर्स , प्रतिमा कोल्ड स्टोर , टु फोर फिफ्टी फोर लगायतका पसल तथा डिलर पनि सिल गरेर अनुसन्धान थालिएको विभागले जानकारी गराएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।