जनताको रक्षक भनिएका प्रहरीद्धारा बालिका बलात्कार भएपछि ……….



काठमाडौं, १४ चैत

जनताका रक्षक भनिएका प्रहरीबाट नै चेलीहरु बलात्कृत हुन थालेपछि हाम्रो समाज कतातीर जान्छ होला ? तपाँइ आफै अनुमान गर्नुस् त । विपन्न परिवारकी १४ बर्षीया किशोरीलाई प्रहरी बलात्कृत भएपछि एस्तो घटना भएको हो ।

अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ ।

फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ ।

किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार गर्दा गर्भवती भएको भनेपछि स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
छोरीका बारेमा बुझ्न खोज्दा ठटालले कहिले विभिन्न प्रलोभन देखाउँदै त कहिले धम्क्याउँदै आएको पीडितका बुवाले बताए ।

ठटालले गर्भपतन गराउन किशोरी र उनका बुवालाई फिदिम ल्याएको खुलेको छ ।

उनले किशोरीलाई मंगलबार जिल्ला अस्पाल पुर्याएका थिए ।

म पुगेपछि अस्पतालमा हल्लाखल्ला भयो अनि घटनाले ब्यापक रुप लिएको हो, पीडितका बुवाले भने ।ननस्टोप खबर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्