कांग्रेसका नेता खड्काको स्वास्थ्यलाभको कामना गर्दै सामुहीक प्रर्थाना



सैघाली खबर,
दाङ,१४ चैत । पूर्व गृहन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घोराहीको गणेश मन्दिरमा सामुहीक प्राथना गरिएको छ । नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीको गणेश मन्दिरमा सामुहीक प्राथनासहित पूजापाठ गरिएको हो ।

पूजापाठ एवं सामुहीक प्राथना कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ता एवं खड्काका शुभचिन्तकहरुका उपस्थिति रहेको थियो । कांग्रेस जिल्ला उपसभापति कमानसिंह भारतिको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यस अवसरमा दिप प्रज्वलन पनि गरिएको थियो ।

दिल्लीको एपोलो अस्पतालमा उपचार गराईरहेका खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यसअघि दाङको अम्वीकेश्वरी, प्यूठानको स्वर्गद्धारी, सल्यानको खैरावाङ लगायत राप्तीका विभिन्न स्थानमा पूजापाठ, रुद्रीपाठ, ग्रहशान्ति चण्डीपाठ गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्