जातीय विभेद, कानुनमा हट्यो व्यवहारमा उस्तै



 

जनक नेपाली

दाङ,चैत्र १४ । तुलसीपुर उपमहानगरपालिका १ का गोविन्द सापकोटाले स्थानीय सुनार थरकी युवतीसँग अन्तरजातीय विवाह गर्नुभयो । लामो प्रेम सम्बन्ध राखेर विवाह गरेको यो दम्पति अन्तरजातीय विवाह गरेकै कारण घरबाट निकलिनु पर्ने अवस्था आयोे । सापकोटाले पानी नचल्ने जातकी छोरी विवाह गरेको भन्दै छोरा र बुहारीसँग चुलो नै बार्नेे अवस्था आयो । ०३३ सालमा विवाह गर्नु भएका गोविन्दले गाउँघरमा आफन्त मर्दा पर्दा समेत सुखदुःख साट्ने अवस्था पाउनु भएन ।

े गोविन्द सापकोटाको मात्र होइन तुलसीपुर– १ भमकेका संजीव नेपाली र नेपालगन्जकी यशोदा गुरुङको समस्या पनि उस्तै छ । दुबैको प्रेम सम्बन्धका कारण चार महिना पहिला विवाह गरेको यो दम्पतिलाई केटी पक्षका आफन्तले निकै दुःख दिएको संजीवले वताउनु भयो । हाम्रो सम्बन्धलाई छुट्टाउन माइती पक्ष बाट निरन्तर दवाब आइरहेको छ, हामी निकै समस्यामा छौ के गर्ने ?संजीवले भन्नुभयो । पानी नचल्ने यस्तो मान्छेसँग किन विवाह गरेको भन्दै पटक –पटक फोनमा छारीलाई माइती पक्षको दबाब र धम्की आइरहेको संजीव बताउनु हुन्छ । उनीहरु विवाह गरेको दिनदेखि घरमा बसेका छैनन् । अन्तर जातीय विवाह गरेका कारण माइती पक्षको डरले कति समय घरबाट भागेर अनेत्र बस्नुपर्ने हो कुनै ठेगान छैन, यशोदाले भन्नुभयो । मन परेर विवाह गरेर आएकी हुँ, कसैको ज्यान मरेको छैन तर व्यबहारमा कसैको ज्यान मारे सरह भाग्दै हिड्नुृ परेकोमा यशोदाले दुःख व्यक्त गर्नुभयो

 

अन्तरिम संविधान २०६३ ले नेपाललाई छुवाछुत राष्ट्र घोषणा गरेपनि व्यावहारिक रुपमा छुवाछुत अझै कायम रहेको छ । संविधानले जातिय विभेद गर्ने माथि ३ बर्षसम्मको कैद वा ५०० देखि २५००० सम्म जरीमाना वा दुवै सजाय हुने कानुनी व्यवस्था गरेको छ । कानुनमा जातिय भेद्भाव तथा छुवाछुतको घटनामा सघाउँ पु¥याउने मतियार मुख्य कसुरदार रहने गरी सजाय हुने र सार्वजनिक पदधारणा गरेको व्यक्तिले अपराध वा कसुर गरेमा ऐनले तोकिएको सजायमा ५० प्रतिशत थप गरी सजाय हुने व्यवस्था गरिएको छ ।

 

समाजले अहिले पनि अन्तरजातीय विवाहलाई स्वीकार गर्न नसकेको र जातीय भेद्भाव अझै व्याप्त रहेको दलित अगुवा देवराज विक वताउनु हुन्छ । गाउँमा अहिले पनि उपल्लो जातकाले जातका आधारमा दलित माथी भेद्भाव कायम राखेको बताउदंै संविधानबाट हटे्को जातीय भेद्भाव व्यवहारिक कार्यान्वयमा पुग्दासम्म पनि अझै अवस्था उहि रहेको विकले बताउनु भयो । जनयुद्धकोे बेला अलि कम देखिएको जातीय विभेद पछिल्लो समय मा फेरि पुरानै अवस्थामा मौलाउन थालेकोमा विकले दुःख व्यतm गर्नुभयो । दिनहुँ जसो दलित माथी कुनै न कुनै विभेद देखापदैं आएको छ, विकले भन्नुभयो दलित महिला बोक्सीको नाममा कुटिनु,चुलोचौखो छोएको नाममा मारिनु, मन्दिरमा पुजाआजा गर्न जाँदा मन्दिरबाट निकालिनु,सामूहिक करणीपछि हत्या गरिनु यी दलित माथी भइरहेका विभेद्का स्वरुपहरु हुन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्