सैघाली खबर,
काठमाडौं, १४ चैत । विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ ।
ओली र प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको भन्दै विप्लव नेतृत्वको पार्टीको रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन १५ दिने ‘वारेन्ट’ जारी गरेको हो ।
केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट मंगलबार जारी भएको उक्त वारेन्टमा १५ दिनभित्र जनअदालत रोल्पामा उपस्थित हुन भनिएको छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही गर्ने समेत वारेन्ट पत्रमा उल्लेख छ

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।