राजपालाई पार्टीभित्रै दबाब, कार्यकर्ताले दिए स्वतन्त्र उम्मेदवारी



असार ५

12

 

राष्ट्रिय जनता पार्टी, नेपाल राजपा नेतृत्वले दोस्रो चरणको चुनाव विथोल्ने नीति लिए पनि स्थानीय कार्यकर्ताले आइतबार उम्मेदवारी दर्ता गराएका छन्। रुपन्देहीका तीन स्थानीय तहका सबै पदमा उनीहरुले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन्। रुपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कटहरिमाई गाउँपालिकामा क्रमशस् अशोक शुक्ल, राजकुमार सिंह र बालकिसुन चौधरीले प्रमुख पदमा उम्मेदवारी दिए। अघिल्लो चुनावी संरचनामा रुपन्देही ६ मा पर्ने यी गाउँपालिका राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लको पकड क्षेत्र मानिन्छन्। शुक्ल यसै क्षेत्रबाट निर्वाचित सांसद हुन्। १ सय ११ पदमा राजपा नेताहरुको उम्मेदवारी परेको छ। राजपाले आफ्ना कार्यकर्ताबाट दिइएको उम्मेदवारीबारे आएका खबर पुष्टि गरेको छ। राजपा स्रोतका अनुसार माग सम्बोधन नहुन्जेल चुनावमा नजाने पार्टी नीतिप्रति असन्तुष्टि जनाउँदै शुक्लले यसअघिका पार्टी बैठकहरुमा पटक(पटक चुनावमा प्रतिनिधि जिताउनुपर्ने तर्क गर्दै आएका थिए। उनीलगायत केही उच्च नेताहरुको प्रयास असफल भएपछि अन्नत स्वतन्त्र हैसियतमा भए पनि मनोनयन दिलाउने रणनीतिमा पुगेका हुन्।

copy  by thahakhaber…………………

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्