चितुवाको छाला सहित एक प्रकाउ



सैघाली खबर,
दाङ १४ चैत्र।

दाङमा चितुवाको छाला सहित एक प्रकाउ परेका छन। प्युठान नगरपालीका वडा नं ५ घर भई हाल घोराही १७ चौघेरामा अस्थायी बसोबास गदै आएका सुनिल सुनारलाई प्रकाउ गरेको हो।

दुर्लभ बन्य जन्तुको छाला ओसारपसार तथा बिक्रीबितरण गदै आएको भन्ने सूचनाको आधारमा सुनारलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही उपमहानगरपालीका वडा नं १७ सिस्ने खोला बाट सुनारलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले जानकारी दिनु भयो। निज सुनारलाई प्रहरीले प्रकाउ गरी थप अनुसन्धान गरीरहेको प्रमुख सिंहले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्