बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडपमा हवाइ फायर



सैघाली खबर।
काठमाडौ १४ चैत्र। काठमाडौको बानेश्वरमा झडप भएको छ । स्थानीयले सडक विस्तारका क्रममा आफ्नो घरजग्गा परेको भन्दै विरोध गरेपछि प्रहरीसँग झडप भएको हो ।

झडपमा दर्जन घाइते भएका छन् । घाइते हुनेमा २ जना प्रहरी र चार जना सर्वसधारण प्रहरीले जनाएको छ ।

प्रहरीका २ वटा सवारी साधन समेत तोडफोड भएको छ भने प्रहरीले १६ जनालाई नियन्त्रमा लिनुका साथै केही राउण्ड हवाई फायर गरेको छ ।

सडक विस्तारको विरोधमा माइतिघर मण्डलामा विरोध पर्दशन गर्दै प्रदर्शनकारी बानेश्वरतिर लागेका थिए ।

संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठलगायतको नेतृत्वमा रहेका प्रदर्शनकारीलार्इ बानेश्वर चोकमा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्