काठ्माण्डौका सडक बिस्तार पिडितमाथि सरकारी दमन , दजैनौं गिरफ्तार



चैत्र १४ ,काठमाडौँ
सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि आन्दोलनरत पीडितहरुले आज माइतीघर मण्डलामा धर्ना तथा प्रदशन गरेको छन ।
प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरी बीच भएको झडपमा एकदर्जन भन्दा बाढीलाइ नियन्त्रन्मा लिइएको छ । प्रहरीले गरेको लाठी चार्जमा नेवाः अनलाईन न्यूज मा कार्यरत बरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते पत्रकार असंबरेलार्इ एभरेष्ट अस्पतालमा उपचारको निमित्त लागिएको छ ।

बानेश्वोरमा प्रहरीले शान्तिपूर्ण धर्ना र जुलसमाथि लक्षित गरि आधा दर्जन टियर ग्याँस प्रहार गरेछ छ भने जुलुसलाई तितर बितर पानीको फोहरा प्रहार गरेको थियो छ ।
माइती घरमा आन्दोलनकारी र प्रहरीको झडपमा प्रहरीको गाडीमा समेत सिसा फुटेको छ । पक्राउ परेका आन्दोलनकारी माथि निर्मम कुटपिट गरि हिरासतमा लिएको भन्दै मानवधिकार वादीहरु महानगरीय प्रहरी प्रवाह बानेश्वोरमा गइ अनुगमन गरेको सडक बिस्तार संघर्ष समितिले जानकारी गराएको छ ।
सडक विस्तारका लागि ब्यक्तिका नाउँमा रहेका घर जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति तिरेर मात्र सडक विस्तार गर्नुपर्ने भन्दै पीडितले दायर गरेको मुद्दामाथि सर्वोच्च अदालतले छ महिना अगाडी नै पीडितलार्इ मुवाब्जा दिनुपर्ने फैसला गरेको हो ।
तर आफुहरुको पक्ष्यमा फैसला भएको छ महिना बितिसक्दा पनि मुआब्जा नदिएको र सरकाले सडक बिस्तारको लागि निकासा गरेसंगै पुनः सडक विस्तार गरिन लागेकोमा बिरोधमा उत्रिन परेको पीडिततर्फका कानुन ब्यबसायी जितेन्द्र बज्राचार्य बताए। सडम विस्तारकालागि सरकारले एक अरब २६ करोड निकासा गरेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्