मुख्यमन्त्री पोखरेलले गरे प्रदेशको वेब साइट र एप्स सार्वजनिक



 

रुपन्देही, १४ चैत । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलको मोवाइल एप्स र वेब साइट बुधबार बुटवलमा सार्वजनिक भएको छ ।

प्रदेशमा रहेका सानाठूला सबै प्रमुख आयोजनाको अद्यावधिक स्थितिबारे जानकारी दिन, जनताबाट आएको गुनासो कार्यान्वयन गर्न, मुख्यमन्त्रीका प्रमुख दैनिक कार्यक्रमको सूचना दिन एप्स वा वेब साइट सार्वजनिक गरिएको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले पारदर्शिता र सुशासन कायम राख्न सूचना प्रविधिको उपयोग भएको जानकारी दिँदै जनतासँग साक्षात्कार गर्न समेत एप्स वा साइट प्रभावकारी हुने बताउनुभयो । सो वेब साइट pradesh-5.com हेर्न सकिन्छ । –रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्