मेयर पाण्डेले भेटे एनआरएन अध्यक्ष भट्टलाई तुलसीपुरको विकासका लागि सहकार्य गर्ने



सैघाली खबर

ताइवान , १५ चैत्र

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टसँग ताइवानमा भेट गरेका छन् । ताइवानको ताइपेइ शहरमा भइरहेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन आएको अवसर पारेर पाण्डेले भट्टसँग भेट गरेका हुन् । भेटका क्रममा तुलसीपुर उपमहानगरपालिका भित्र गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउने बारेमा कुराकानी भएको थियो ।

तुलसीपुरमा वृहत लगानी गर्नका लागि आफु तयार रहेको र त्यसका लागि ठूला परियोजना निर्माण गर्नका लागि अध्यक्ष भट्टले पाण्डेलाई आग्रह गरेका थिए । उनले अस्पताल, होटल, पर्यटन लगायतका विभिन्न क्षेत्रमा लगानी गर्नका लागि आफुहरु तयार रहेको समेत वताएका थिए । जापानमा लामो समयदेखि व्यवसायमा संलग्न रहदै आएका भ्टटले जापानका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध स्थापित गरेर तुलसीपुरको विकास र समृद्धिका लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

“तपाईहरुले गर्नुभएको कामका वारेमा मिडियाबाट थाहा पाइरहेको छु , म तपाईहरुसँग काम गर्न इच्छुक छु, योजना वनाएर आउनुहोस् ” अध्यक्ष भट्टले भेटका क्रममा भने । युवा उद्यमशिलताको विकासका लागि विभिन्न कार्यक्रहरु सञ्चालन गर्ने, तुलसीपुर घुम्न जाउँ अभियान मार्फत पर्यटन क्षेत्रको विकास गर्ने र तुलसीपुरको फोहोर व्यवस्थापनका लागि नयाँ ढँगले काम गर्ने सहमति भएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।

एनआरएनका अध्यक्ष भट्टले तुलसीपुर उपमहानगरले सञ्चालन गर्न थालेको मेट्रो कलेजमा साझेदारी र सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । तुलसीपुर उपमहानगरको भ्रमण गर्न इच्छुक हरेको भन्दै भट्टले तत्काल भ्रमणका लागि समय व्यवस्थापन गर्ने समेत वताएका छन् । मेयर पाण्डे र अध्यक्ष भट्टका विचमा परियोजनाको खाँका निर्माण गरेसँगै सहमति पत्रमा हस्ताक्षर गरेर काम अगाडी वढाउने समेत सहमति भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्