कर बढाएको बारेमा समाचार लिन आएको भन्दै पत्रकारमाथी दुव्र्यवहार



चितवन, चैत १४
भरतपुर महानगरपालिकामा समाचार संकलन लागि गएका पत्रकारहरु माथि दुव्र्यवहार भएको छ ।

महानगरपालिकाले बढाएको करको विषयमा उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेको पत्रकारको टोलीलाई महानगरमा दुव्र्यवहार भएको हो ।

समाचार संकलनका लागि पुगेका पत्रकार कान्तिपुर दैनिकका संवाददाता रमेश कुमार पौडेलका अनुसार महानगरका कार्यकारी अधिकृत प्रेमराज जोशी र भरतपुर महानगरपालिका वडा नं १० का वडा अध्यक्ष अरुणपीडित भण्डारीले कसैलाई नसोधी किन आएको ? भन्दै पत्रकार माथि दुव्र्यवहार गरेका थिए ।

भरतपुर १० का वडा अध्यक्ष भण्डारीले पीत पत्रकारिताको आरोप लगाउँदै पत्रकारलाई कसले बोलायो ? भन्दै गालीगलौजमै उत्रिए । पछिल्लो समय भरतपुर महानगरपालिकाले बढाएको करका विषयमा व्यवसायी र आम सर्वसाधरणहरुले बिरोध गर्दै आएका छन् ।

यसअघि पनि भरतपुर महानगरपालिकामा समाचार संकलनका लागि जाने पत्रकारहरुलाई किन आएको, कसलाई सोधेर आएको भन्ने प्रश्न सोध्ने गरिएको थियो ।
यसैबीच पत्रकारहरु माथि भएको दुव्र्यवहारको चितवनका विभिन्न पत्रकार संगठनहरुले विरोध गरेका छन् ।

उनीहरुले सार्वजनिक संस्थामा जान पाउने र जनतालाई सुसुचित गराउन पाउने अधिकार पत्रकारसंग रहेको भन्दै महानगरपालिकाको गतिविधि प्रति ध्यानाकर्षण भएको जनाएका छन्
 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्