काठमाडौं, चैत १४
म्यानमारको संसदले बुधबार विन यिन्टलाई नयाँ राष्ट्रपतिकोरुपमा चयन गरेको छ ।
सन् २०१२ देखि तल्लो सदनको सभामुख रहेका यिन्ट नेत्री आङ साङ सुचीका निकट सहयोगी मानिन्छन् ।
सुचीले नै राष्ट्रपतिसरहको काम गदै आएकाले विन आलंकारिक राष्ट्रपतिमात्र रहनेछन् ।
६६ वर्षीय विन केही दिन अघिमात्र उपराष्ट्रपति बनेका थिए ।
उनी लामो समयदेखि सुचीको नेसनल लीग फर डेमोक्रेसी पार्टीको सदस्य थिए ।
स्वास्थ्यको कारण देखाउँदै यसअघिका राष्ट्रपति उ तिन कायले गत हप्ता पदबाट राजीनामा दिएपछि तीनजना उपराष्ट्रपतिहरुमध्येबाट नयाँ राष्ट्रपति चुनिएको हो । (एजेन्सी)
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।