६ सय बढीले आत्महत्या



सैघाली खबर,
तुलसीपुर १५ चैत ।

आर्थिक बर्ष २०७१÷०७२ देखि चालुआर्थिक बर्षको अहिले सम्म ६ सय बढीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ६ सय २० जनाले आत्म हत्या गरेका छन् । जस मध्य सबैभन्दा बढी आर्थिक बर्ष २०७३÷०७४ मा आत्महत्या गरेका छन् । आर्थिक बर्ष २०७३÷०७४ मा ९१ पुरुष, ९५ महिलाले आत्म हत्या गरेका छन् । त्यस्ते आर्थिक बर्ष २०७२÷०७३ मा ६७ पुरुष, ७२ महिला, ४ बालक र ३ बालिकाले आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक बर्ष २०७१÷०७२ मा ७४ पुरुष, ८२ महिला , १० बालक र ५ बालिकाले आत्महत्या गरेको तथ्याङ्क छ ।

तथ्याङ्क अनुसार झुण्डिएर आत्महत्या गर्ने धेरै छन् । चार बर्षमा एक सय ९० पुरुष, एक सय ८९ महिला, ८ बालक र ४ बालिकाले झुण्डिएर आत्महत्या गरेका छन् ।

((

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्