१५ चैत्र
सुर्खेत
कालिकोटको महावै गाउँपालिकाका अध्यक्ष, उपाअध्यक्ष र कार्यकारी अधिकृतको अर्को काण्डको खुलासा भएको छ ।
करोडौं भ्रष्टाचार भएको समाचारसँगै गाउँपालिकाको बजेटमा तीनै जनाले जग्गा खरिद गरेको खुलास भएको छ ।
चैत्र ७ गते गाउँपालिकामा मनोमानी तरिकाले करोडौ रकम हिनामिना भएको समचार प्रकाशन भएको १ हप्ता नबित्दै अन्य थप भष्टाचार भएको खुलासा भएको छ ।
सार्वजानिक ऐनअनुसार कुनैपनि सूचना प्रकाशन नगरी विना बिल भरपाई सामान खरिद गरको भ्रमण खर्च भनेर लाखौं रकम मनोमानी तरिकाले वितरण गरेको सरकारी औषधिका खरिद र नक्कली बिल बनाएको, कर्मचारी नियम विपरित र नियुृक्त गरेको र विकास निर्माणमा करोडौं रकम भ्रष्टाचार गरेको भन्दै स्थानीय अन्य राजनीतिक पार्टीले विरोध गर्दै आएका छन् ।
अर्थ मन्त्रालयले गाउँपालिकाको व्यवस्थापन गर्ने भनेर पठाएको ५२ लाख अध्यक्ष, उपाअध्यक्ष, कार्यकारी अधिकृत मिलेर समान खरिद गरेको र भ्याट बिल बनाएर भ्रष्टाचार गरेका छन् ।
पलाष्टिकका कुर्सी खरिदमा ५०० पर्ने खरिद गरेर ८०० को बील बनाएकाmे प्रत्येक वडालाई ३० हजारको ल्यापटप खरिद गरेर ५५ हजारको बील बनाएको पाइएको बताइएको छ । भ्रमण खर्च भनेर ४० लाख छुट्याइएको तर कहिले, कहाँ र कुन उद्देश्यमा भ्रमण गरियो भन्ने कुन रेकर्ड छैन ।
यो गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका नन्दबहादुर सिंह र नेकपा एमलेबाट उपाध्यक्षमा मोहनराज शाहीले जितेका थिए ।
केन्द्रमा एमाले र माओवादी केन्द्रबीच सहकार्य भएपनि यो गाउँपालिकामा भने शाहीले आफ्नो पार्टीलाई कुनै जानकारी नै नदिएर सिंहसँग मिलेर भ्रष्टाचारमा लिप्त छन् ।
अध्यक्ष सिंह, उपाध्यक्ष शाही र कार्यकारी अधिकृत मिलेर गाउँपालिकाको बजेटबाट सुर्खेतमा व्यक्तिगत जग्गा खरिद गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर मुलपानीमा ४८ मिटर जग्गा खरिद गरेका छन् ।
उपाध्यक्ष शाहीले भाईबुहारी र श्रीमतीको नाममा जग्गा खरिद गरेका छन् भने अध्यक्ष सिंले र कार्यकारी अधिकृतले १६–१६ मिटरका दरले बयाना बुझाएका छन् ।
यसैबीच स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गाउँपालिकामा भएको भ्रष्टाचारको छानविनको लागि माग गरेका छन् ।
नेकपा एमालेका गाउँपालिका संयोजक खड्कबहादुर सिंह, माओवादी केन्द्रका डिल्लीबहादुर सिंह, नेपाली काँग्रेसका पूर्वसभापति धनबहादुर सिंह र राप्रपाका भानबहादुर सिंह र सोही गाउँपालिकाका कानुनी सल्लाहकार राजेन्द्र बहादुर थापाले संयुक्त रुपमा मुख्यमन्त्रीलाई पत्र लेखेर छानविनको लागि माग गरेका छन् ।
जनप्रतिनिधिको यस्तो हरकतबाट स्थानीय आक्रोसित भएका छन् । उनीहरुले भ्रष्टाचारी जनप्रतिनिधि चाहिदैन भन्दै कालोमोसो दल्नु पर्ने बताउँदै आएका छन् । अनलाइन डबली

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।