कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक



 

सैघाली खबर,
काठमाडौं, चैत १५ – नेपाली चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्रमा विशाल भण्डारीको कथा तथा निर्देशन रहेको छ । यो हाँस्य विधामा आधारित चलचित्र हो । चलचित्रको ट्रेलर हेर्दा कथाले पैसाको झेलको वरिपरी घुमेर दर्शकलाई हँसाउने प्रयास गरेको छ । चलचित्रलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने भद्रबहादुर शाही, देविलाल न्यौपाने र शिवप्रसाद चौलागाइँले लगानी गरेका छन् ।

चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्धि तामाङलगायतको अभिनय रहेको छ । यो चलचित्र वैशाख १४ गतेदेखि प्रदर्शनमा आउनेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्