तुलसीपुर, १५ चैत्र
निता चौधरी।
तुलसीपुर उपमहानगरपालिका १० पढ्ढाका कालुराम चौधरी विगत लामो समयदेखि जडिबुटिलाई पेशाको रुपमा अङ्गाल्दै आएका छन् । उनले परम्परागत सीपलाई व्यावसायिक रुप दिएका छन् । जडिबुटिको काम आफू २० । २५ बर्ष हुदादेखि नै गरे तापनि पेशाको रुपमा भने आफू ४५ बर्षको भएपछि लिएका हुन् ।
उनले जडिबुटिलाइ आफ्नो पेशा र व्यवसायको रुपमा लिएको झण्डै १० । १२ बर्ष भएको बताएका छन् ।
पूर्खाहरुबाट सिकेको ज्ञान र सिपलाई आफ्नो पेशाको रुपमा अङ्गाल्दै जीबिकोपार्जन गरेको बताए । आफ्नो बाबू बाजेबाट सिकेको ज्ञानलाई पेशा र व्यवसाय मात्रै नभएर समाज सेवा गर्न पाउँदा खुशीको महसुश पनि हुने गरेको छ ।
आफूले जानेका सीप र ज्ञानलाई व्यवहारमा लागू गर्ने हो भने आफ्नै देशमा बसेर राम्रो आम्दानी गर्न सक्ने बताए । उनी एउटा पेशामा मात्रै नलागेर समाजमा उदाहरणीय व्यक्तिको परिचय पनि दिएका छन् । कि हामीले जडिबुटिलाई चिन्न सक्यौं र सही सदुपयोग गर्न जान्यौं भने यो पेशाले हाम्रो जीबन चलाउने मात्र नभइकन समाजसेवा पनि भएको बताए ।
चौधरी जडिबुटि बेचेर मासिक रुपमा २५ देखि ३० हजार आम्दानी हुने गरेको बताए । उनले भने दिनमा ५सय देखि १५ सयसम्मको जडिबुटि बिक्री गर्छु । एक दिनमा २ देखी ८ प्याकेटसम्मको जडिबुटी बिक्री गरेको बताए । साथैे मानिस लगायत सबै पशुपन्क्षीको हातखुट्टा लगायत शरीरका अन्य भागका हड्डीहरु पनि जिडबुटिले नै जोड्ने गर्छ । यदि मर्किएको भए कुनै पनि मेसिन बिना छामेर मात्रै बनाउछु उनले भने । उनी सुगर, जन्डिस, पत्थरी, निमोनिया, ग्यास्ट्रिक, यूरिकएसिड, बाई, हाडजोर्नीको जडिबुटि दिने गर्छन् । यी सबै रोगको औषधी आफूले नै बनाउने गरेका छन् ।
चौधरीले आफ्नो सीपलाई बौद्धिक रुप दिएपछि आर्थिक रुपमा पनि अगाडि बढिरहेका छन् । जडिबुिटी बाट आम्दानी भएको रकमले छोराछोरी पढाउन र घरखर्च लगायतका काममा लगाउने गरेको बताए । आफु १ कक्षा पनि नपढेको भएपनि परमपरागत बाबू बाजेबाट सिकेको सीपलाई आफ्नो जागर र बुद्धिलाई प्रयोग गरे पछि उनको व्यवसाय नै जडिबुटि बनेको छ । उनी यही पेशालाई अंगालेर एउटा सफल र आत्मनिर्भर बैद्य बनेका छन् ।
उनी सधैं भरी घरमै बसेर जडिबुटि बिक्री नगर्ने गरेको पनि बताए । उनले भने जडिबुटि खोज्न दाङ लगायत सल्यान, रुकुम, रोल्पा, प्यूठान, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म पुग्ने गरेको बताए । स्थान र सिजन अनुसार जुन जडिबुडि जुन जिल्लामा पाइन्छ त्यही जिल्लामा जाने गर्छु, उनले भने । कतिपय जडिबुटि आफ्नै घरमा पनि रोपेको छु र कतिपय जडिबुटि आफ्नै घर आँगनमा पनि पाइने बताए । स्थानिय निकायबाट हुने सहयोग आफूलाई भइरहेको तर सामुदायिक वनहरुले समन्वय नगरि दिँदा आफूलाई जडिबुटि ल्याउनमा केही समस्या भएको सामुदायिक वनप्रति गुणासो गर्ने गर्छन् ।
जडिबुटि खोज्न जाँदा अनेक समस्याहरु आउँछ तर पनि त्यो समस्यासंग सामना गरेर अठोटका साथ आफेनो पेशालाई निरन्तरता दिइरहेका छन् । आफू औपचारिक शिक्षा केही हासिल नगरेको भए पनि आफ्नो बौद्धिकताले भ्याएर यसरी समाज सेवा गर्न पाउँदा साह्रै गर्व र खुशीको महसुश हुने गरेको समेत बताए ।
संसारमा समाज सेवा गर्नु भन्दा ठूलो कुरा के पो छ र रु त्यसैले म पनि समाज सेवा गर्ने मनसायले यो पेशामा लागेको हुँ । उनी भन्छन् , आजभोलीका युवाहरुलाई विदेश नजाउ आफ्नै गाउँघरमा बसेर मेरो जस्तै पेशा अंगाल समाज सेवा पनि हुन्छ र आम्दानी पनि राम्रै हुन्छ भन्दा उनीहरुबाट यस्तो पेशा पनि कसैले गर्छ भन्ने जवाफ आउने गरेको बताए । साथै उनले आफ्नो सीपलाई व्यवहारमा लागु गरेपछि कहिँकतै जान नपर्ने र कसैसंग हात जोर्न नपर्ने पनि बताए ।
युवाहरु विदेश जानुभन्दा आफ्नो सीप र बुद्धिलाई प्रयोग गरी आफ्नै देशमा बसेर परिश्रम गरे यही पनि आम्दानी गर्ने राम्रो स्रोतहरु छन् भन्ने एउटा उदाहरणीय व्यक्ति पनि हुन् । म यही पेशालाई अंगाल्छु, यही पेशाबाट समाज सेवा गर्ने एउटा अवसर जुरेको छर समाज सेवी भनेर चिनाएको छ, आफ्नो पेशालाई सम्मान गर्छु, मलाई यी सवै सिकाउने, प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ अनि सहयोग गर्ने सवैजना प्रति आभारी छु, उनले भने ।
आफूले बनाएको आफ्नै बौद्धिकताले भ्याएर बनाएको जडिबुटि खाए पछि सबैले राम्रो प्रतिक्रिया दिने गरेको बताए ।
थारु समुदायका मान्छेहरुले केही पनि गर्न सक्दैनन् भन्ने परम्परागत रुढिबादी सोचलाई परिवर्तन गर्ने व्यक्रि बनेका छन् । हामी आफ्नो सोचाई अनुसार निरन्तर अगाडि बढ्यौ भने हाम्रो सोचलाई कसैले पनि रोक्न सक्दैन । हामी निरन्तर प्रयास गर्नु पर्छ अवस्य पनि लक्ष्यमा पुग्न सक्छौं चौधरीले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।