सैघाली खबर,
चैत १५, काठमाडौं । दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस फर्पिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बा १ ज ९९९९ नम्बरको बस फर्पिङभञ्याङमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ का २५ वर्षीय सुनील श्रेष्ठ रहेको महानगरीय ट्राफिक महशाखाका डिएसपी मुकुन्द मरासनीले बताए। घाइतेहरुको काठमाडौको बल्खु स्थित बयोधा अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।