आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत



सैघाली खबर,
चैत १५, काठमाडौं । – आफू डाक्टर भएको भन्दै विभिन्न प्रलोभन देखाएर युवती बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ६ गते गंगालाल अस्पतालमा आमाको उपचारको लागि आएकी एक युवतीलाई आफू डाक्टर भएको र आमाको उपचारमा सघाउने भन्दै सम्बन्ध बनाएर बलात्कार गर्ने पाल्पाका अर्जुन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो नाम सन्तोष घले बताउँदै गंगालाल अस्पतालका डाक्टरसँग राम्रो चिनजान भएको भन्दै उनले ती युवतीको आमाको उपचारमा सहयोग गर्ने बताएका थिए ।

उनले युवतीलाई गेष्ट हाउसमा लगेर घटना सार्वजनिक नगर्न दवाव दिँदै पटक–पटक बलात्कार गरेका थिए । बलात्कारी अर्जुन कोइराला यसअघि पनि बलात्कारकै अभियोगमा नेपाली सेनाबाट बर्खास्त भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्