गौरीकला हत्याको विरोधमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको दाङमा प्रर्दशन



सैघाली खबर,
तुलसीपुर १५ चैत । विप्लव निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सुर्खेतमा भएको गौरीकला रोकाएको हत्याको विरोधमा तुलसीपुरमा विरोध र्याली निकालेको छ । घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमा उत्रिएका विद्यार्थीहरुले तुलसीपुर बजारका विभिन्न भाग परिकक्रमा गरेका थिए ।

र्यालीपछि तुलसीपुरको वीपी चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले एसईई परीक्षा दिन आएकी रोकाएलाई सामुहिक बलात्कार गरी हत्या गरेको भन्दै अभियुक्तहरुलाई हदै सम्मको कारबाही गर्नु पर्ने माग गरेका छन् ।

छोरी चेलीहरुका लागि घर, विद्यालय, होटल र सडक दिनप्रतिदिन असुरक्षित बन्दै गएको भन्दै राज्यले पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरुको भनाई छ । कोणसभालाई अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्र वली, अखिल नेपाल क्रान्तिकारी जिल्ला समिति दाङका सचिव अम्मर खड्का, सदस्य तेजप्रसाद पोख्रेल लगाएतले सम्बोधन गरेका थिए ।

सुर्यप्रकाश माध्यामिक विद्यालयकी छात्रा, रोकाएको गएको चैत्र १२ गते सामुहिक बलात्कारपछि हत्या भएको थियो । घटनामा संलग्न ट्राफिक प्रहरी सहित ३ जना पक्राउ परिसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्