बक्स अफिस फिल्म फियर सार्बजनिक



चैत २९ मा ब्लक बस्टर अवार्डको आयोजनासँगै बैशाख २९ मा बक्स अफिस फेशन शो तथा ११ औ रास्ट्रय बक्स अफिस फिल्म फियर अवार्डको उत्कृष्ट पाच नोमिनेसन सार्बजनिक ।

काठमाडौं– चलचित्र अवार्ड तथा कलकारको रमाइलो मैत्रीपूर्ण फुटबलको आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा समेत नाम लेखाउन सफल बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले २०७५ साल बैशाख २९ गते बक्स अफिस फेशन शो हुने जानकारी दिएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा फेशन शो हुन लागेको बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जानकारी दिइएको हो । बक्स अफिस ग्रुपले गत महिनामात्र थाइल्याण्डमा ग्लोबल मोसन पिक्चर्स अवार्ड र रमाइलो फुटबलसँगै आधा दर्जन कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ । यही चैत २९ गते पनि नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै ब्लक बस्टर अवार्ड समेत आयोजना गर्न लागेको छ । उक्त अवार्डमा यो वर्षभरी प्रदर्शनमा आएका उत्कृष्ट १६ चलचित्रका निर्माताहरुलाई अवार्ड प्रदान गरिनेछ ।
ब्लक बस्टर अवार्ड सम्पन्न भए लगत्तै टोली फेशन शो कार्यक्रमका लागि सक्रिय रुपमा लाग्नेछ । युवा पुस्तालाई समेटर उनीहरुभित्र रहेका प्रतिभा प्रस्फुटका लागि फेसन शो आयोजना गर्न लागिएको अध्यक्ष सुवेदीले बताए । नेपाली चलचित्र क्षेत्रको विकास विस्तार सँगै यस क्षेत्रमा क्रियाशील युवापुस्ताको प्रोत्साहन र हौसल प्रदान गर्न कार्यक्रमको आयोजना गर्न लागिएको हो । बक्स अफिसको प्रस्तुती तथा मोडल सङ्स नेपालको व्यावस्थापनमा एघारौं फिल्म फेयर अवार्डको उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक गरिनुका साथै फेशन शो र ट्यालेन्ट हन्ट २०१८ आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
प्रतिभाको खोजी गरी भविष्यका लागि एक सक्षम प्रतिभावान एवम् क्षमतावान जनसक्ति उत्पादन गर्न यो कार्यक्रम आयोजना हुन लागेको र भविष्यमा नेपाली कला क्षेत्रलाई थप उर्जाशील बनाउन यो कार्यक्रम अग्रसर देखिनेमा आफू आशावादी रहेको संङ्स नेपालका संयोजक डेबिल सिग राजपुतले बताए । प्रतियोगिताका लागि यही आउँदो चैत्र २४ र २५ गते बिहान ११ बजे देखि ३ बजे सम्म रेड डायमण्ड रेष्टुरेण्ट नयाँ बानेश्वरमा अडिसन हुनेछ ।
विभिन्न प्रतियोगिताहरू कुशलतापूर्वक आयोजना गरि ख्याति कमाएका सुवेदीले यस प्रतियोगिताले हाम्रालाई भन्दा पनि राम्रा प्राथमिकता दिने बताए ।
प्रतियोगितामा विवाहित–अविवाहित महिला ३–४५ बर्ष सम्मका र पुरूष ३–४० वर्ष उमर समुहका जो कोहीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । आफूमा कला भएर पनि उचित कदर नभएकाले निराश भएर बसेका सौन्दर्य र क्षमता भएर पनि सधैँ पछि परेका र उचित मूल्यांकन नहुँदा आफूलाई एक्सपोज गर्न सक्षम नभएकाहरुलाई यस प्रतियोगिता लाभदायक हुने आयोजकको विश्वास रहेको छ ।
मोडल सङ्स नेपालको व्यवस्थापनमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागिता जनाउन इच्छुक प्रतियोगी एवम् फेसन डिजाइनरले ओमनिया ए–९७ भुई तल्ला वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर, ओमनिया– जी–२४ भुइ तला सिटी सेन्टर कमलपोखरी, योङ फरेभर पसल न. २०२ पिपुल्स प्लाजा न्युरोड, र रेड डायमण्ड रेष्टुरेन्ट नयाँ वानेश्वरमा सम्पर्क गरी फारम लिन सकिने प्रतियोगिताको व्यवस्थापन गरिरहेका डेबिल सिह राजपुत र सुजन रिमालले बताएका छन् । छनौट हुन सफल प्रतियोगिहरूलाई मोडलिङ प्रमोशन, टिभि सिरियल, पेपर एड, राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ताका साथै सम्पूर्ण सहभागी प्रतियोगिलाई सर्टिफिकट प्रदान गरिने छ । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिने छ । फेसन डिजाईनरमा सहभागिता जनाउने डिजाइनरको निम्ति नेपाली सेलिब्रेटी पोशाक डिजाईन, बक्स अफिस फेसन सो प्रतियोगि पोशाक डिजाइन, अन्तर्राष्ट्रिय पोशाक डिजाइन प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर प्रदान गरिनेछ । कार्यक्रममा सहभागीहरुले वर्षभरी प्रदर्शनमा आएका हिट चलचित्रको गीतमा प्रस्तुति दिनेछन् । विगतका वर्षमा झै यो वर्ष पनि विदेशमा हुन गइरहेको ११ औं राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको उत्कृष्ट पाँच नोमिनेशनको सार्वजनिक गरिने उक्त कार्यक्रममा गत वर्ष झै यो वर्ष २५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई मेडलबाट सम्मान गरिने छ । कार्यक्रमको निर्णायक समितिमा नेपाली चलचित्रका ख्याति प्राप्त कलाकार रहेका छन् । बक्स अफिस फेशन शो प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने विजेतालाई नेपाली चलचित्रका स्थापित व्यानरहरुले डेव्यू गराउने अवसर पनि प्रदान गरिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्