गत शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘शत्रु गते’ भोलीबाट दोस्रो हप्तामा प्रबेश गर्देछ । मह संचारद्वारा निर्मित यस चलचित्रले दर्शकहरुको अपार साथ र माया पाउँन सफल भयो । मल्टिस्टार , चर्चित गीत , उत्कृष्ट कथाबस्तु ,रोचक संवादको कारण सबैको मन जितेको शत्रु गते निर्माण युनिट चलचित्रको सफलताबाट निकै दंग छ ।
वितरक कम्पनी बिके फिल्मस् र एफडी कम्पनीले शत्रु गतेको ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । कलाकारसहित उपस्थित भएको टोलीले ‘शत्रु गते’ को सफलताको केक काट्दै चलचित्रको ६ दिनमा साढे ५ करोड ग्रस कलेक्सन गरेको बताएको छ । राजधानी भित्रबाट ३ करोड २५ लाख कलेक्सन गरेको वितरक गोपाल कायस्थले बताए ।
यसैगरी मोफसलबाट २ करोड ३७ लाख कलेक्सन गरेको छ । ‘शत्रु गते’ ले घरेलु बजारबाट मात्र कूल ५ करोड ६२ लाख कमाउन सफल भएको हो । भोलीबाट बलिउड फिल्म ‘बागी २’ रिलिज हुँदैछ सोही कारणले पनि भोलीबाट ‘शत्रु गते’ को शो घट्न पुगेको छ ।
प्रदिप भट्टराईको निर्देशनमा तयार भइरहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक-दीपा ,शिवहरी पौड्याल , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , बसुन्धरा भुषाल , किरण केसी , राजाराम पौड्याल , नरेन्द« कंसकार लगायतका हाँस्य कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा रमिला आचार्य र यशोदा सुवेदीको लगानी रहेको छ भने कार्यकारी निर्माता भने किरण केसी रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।